पारस एक साताभित्र डिस्चार्ज हुने (तस्विरसहित)
१० चैत, काठमाण्डौं । पूर्वयुवराज पारस शाह आगामी बिहीबारसम्ममा अस्पतालबाट डिस्चार्ज हुँदैछन् । बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत पारस हिँड्डुल गर्न सक्ने भएकाले डिस्चार्ज हुन लागेको एनआरएन बैंकका महासचिव सुनील खड्काले जानकारी दिए ।
‘उहाँ आगामी बिहीबारसम्म अस्पतालबाट डिस्चार्ज हुनु हुँदैछ । अहिले उहाँ करिब करिब स्वस्थ हुनु भएको छ,’ खड्काले भने, ‘उहाँ अस्पतालभित्रै सामान्य हिँडडुल गर्न तथा आफै खाना खान थाल्नुभएको छ ।’ नयाँ पत्रिकामा खबर छ ।
अस्पतालबाट डिस्चार्ज भएपछि पनि पारस करिब एक महिनासम्म नियमित सम्पर्कमा रहिरहनुपर्ने डाक्टरहरुले सल्लाह दिएको खड्काले बताए । उनले भने ‘डिस्चार्ज भएपछि पनि करिब एक महिनासम्म डाक्टरहरुले नियमित सम्पर्कमा बस्न सल्लाह दिएका छन् ।’ पूर्वराजा ज्ञानेन्द्र शाहले पनि एक महिना पारसलाई बैंककमै राखेर काठमाण्डौं ल्याउने तयारी गरेका छन् । गत फागुन ८ गते हृदयघात भएपछि पारसलाई अस्पताल भर्ना गरिएको थियो ।