विष खाएर एक वृद्धले गरिन आत्महत्या

चैत ८ – उदयपुरको त्रियुगा नगरपालिका– १७ गैरन बस्ने ७० वर्षीय मोहन सदाले बुधबार बेलुकी विष खाएर आत्महत्या गरेको छ ।



हिजो बेलुकी विष खाएर बेहोस अवस्थामा भेटिएका सदालाई परिवारजनसहित छिमेकीले उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटैमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।



सदाले गरिबीको कारण विष खाएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।