बिरामीलाई जाच्ने बहानामा डाक्टरले बनाए ३६१ अश्लील भिडियो

अहिलेको आधुनिक जमानामा विभिन्न सञ्चारका माध्यमहरु विकसित भैसकेको छ । कसैले यसको सदुपयोग गर्छन् भने कसैले यसको दुरुपयोग गर्छन् । सदुपयोग गर्न सकेको खण्डमा यसको महत्व निकै छ भने दुरुपयोग गरेमा यसले तपाईलाई बर्बाद नै पार्छ । तर अहिले यस्ता माध्यमबाट मानिसहरुले निकै गलत फाइदा उठाउन थालेका छन् । कसैले मोबाइलबाट अश्लील भिडीयो बनाउन्छन् भने कसैले त घडीबाट नै अश्लील भीडियो बनाउने गर्छन् ।



तपाइलाई अचम्म लाग्न सक्छ होला कि घडीबाट पनि कसरी अश्लील भीडियो बनाए ? भनेर तर आश्चार्य नमान्नु होस् यो एकदमै सत्य र वास्तविक घटना हो । ब्रिटेनमा एक भारतीय डाक्टरले जेम्स बन्ड स्टाइलमा एक महिला बिरामीलाई घडीबाट अश्लील भीडियो बनाएका छन् । सो भारतीय डाक्टरले ती महिलालाई जाच गरेको बेलामा आफ्नो घडीबाट अश्लील भिडियो सुट गरेका हुन् । ४५ वर्षीय डा. जीपी दविंदरजीत बैंस तीन बर्षमा ३५० भन्दा बढी फिलिमको रेकर्ड गरिसकेका छन् । दविंदरजीत बैंसले महिला बिरामीलाई विभिन्न तरिकाबाट गैरजरुरी जाच गर्ने गर्थे । जबकि यी परीक्षण गर्न कुनै जरुरी हुदैनथ्यो । उनी खासमा छाती र कम्मर मुनिको तलका हिस्साहरु बिना कारण परीक्षणको बहाना बनाएर हेर्ने र छुने गर्दथे ।

डाक्टरको यो कर्तुतमा तीस महिला शिकार बनेसकेकि छिन् । जसमा १४ वर्ष देखि ५१ वर्षसम्मका महिलाहरु रहेका छन् । यस्ता भीडियो बनाउने घडीहरु सजिलैसंग ६० पाउण्डमा किन्न सकिन्छ । सो घडीको ६ नम्बरमा क्यामरा जडान गरिएको थियो जुन बटन थिच्ने बित्तिकै चल्ने गथ्यो । ती डाक्टरले टिनएजका केटीहरुलाई फकाइ फुकाइ यस्ता करतुत गर्ने गर्थे । एक टिनएज केटीले उसको यौन शोषण गरेको भनी प्रहरीमा उजुरी दिएकि थिइन् । ती डाक्टरले क्लिनिकको बाथरुममा पनि क्यामरा जडान गरेको थियो । जब उसको क्लिनिकमा छापा मार्दा प्रमाण भेटिएको थियो ।