यौन योगा लिएमा महिलाले पनि चार महिनासम्म चरम आनन्द लम्बाउन सकिने !

सम्भोगका बेला महिला पुरुष दुबैको चरम आनन्द अर्थात् क्लाइमेक्सको अवधि निकै छोटो हुन्छ । महिलाको हकमा यस्तो क्लाइमेक्सको अवधि अर्थात् अर्गाज्म ६ देखि दश सेकेण्ड सम्मको मात्रै हुन्छ ।

तर मन मिल्दो पार्टनर तथा उपयुक्त विधि अपनाउन सकेमा महिलाको यस्तो चरम आनन्द लगातार चार महिनासम्म लम्बाउन सकिने रहेछ ।


बेलायती यौन मनोविज्ञ तथा प्रशिक्षक निकोल डेडोनका अनुसार चरम आनन्दको योगा लिएमा महिलाले लगातार चार महिनासम्मै यौन उत्तेजनाको अनुभुति प्राप्त गर्न सक्छन् । यो योगाई उनले अर्गाज्मिक मेडिटेसन अर्थात् ओम भन्ने नाम दिएकी छन् । यसरी लगातारको यौन उत्तेजनाले महिलाको यौन जिवन त सुखी हुन्छ नै सामाजिक जिवन पनि सक्रिय बन्छ ।


सुस्त सम्भोग : महिलाको चरम आनन्दको कला नामक पुस्तकका लेखिका निकोलका अनुसार वास्तवमा चरम आनन्द भनेको सरीरले आनन्द प्राप्त गर्ने तथा आनन्दप्रति प्रतिक्रिया जनाउने क्षमता हो । चरम आनन्द केवल यौनिक आनन्द सँग मात्र सम्बन्धित नहुने भन्दै उनले यो समग्र मनोवैज्ञानिक शान्ति तथा सक्रियताको माध्यम समेत भएको बताउँछिन् । सम्भोगका बेला महिलालाई चरम आनन्द प्राप्त गर्न निकै कठीन हुने मान्यतालाई खण्डन गर्दै उनले योगाको माध्यमबाट चरम यौनिक सन्तुष्टी तथा यौनिक सक्रियता प्राप्त गर्न सकिने बताउँछन् । यसको लागि महिलाले सम्भोगका बेला महिलाले अरु कुरामा ध्यान नलैजानु आवश्यक छ र पार्टनर पुरुषले पनि महिलामै आफुलाई समर्पित गराउनुपर्छ ।

स्लो सेक्स अर्थात् सुस्त सम्भोगमा समर्पण आवश्यक हुने भन्दै उनले यौनिक योगाको फाइदा अनुभुत गर्न पार्टनरबीचको अधिक सामिप्यता अनिवार्य हुनुपर्ने बताउँछिन् । वास्तवमा संकोचको पर्दा च्यातेर आनन्दको अनुभुति गर्ने र पश्चातापलाई त्यागेर एक अर्कामा समर्पित हुन सकिएमा सम्भोगका अधिक आनन्द प्राप्त गर्न सकिने उनको ठम्याइ छ ।