कपिलदेव खनाल
१८ फागुन, नुवाकोट । माथिल्लो त्रिशुली थ्रि ‘ए’ जलविद्युत आयोजनाको दुई सय २० केभीको प्रशारण लाइन विस्तारको लागि तयार गरेको लागत सार्वजनिक गरिएको छ । लाइन विस्तार र केन्द्रीय प्रशारण लाइनमा जडान गर्नको लागि नुवाकोटका विभिन्न १५ वटा सामुदायिक वनमा खम्बा गाड्नको लागि आवश्यक पर्ने जिल्लाका विभिन्न गाँउ विकास समितिमा रहेका १५ सामुदायिक वनमा रुखहरुको लागत र रुख कटानीको विषयमा छलफल भएको छ ।
जिल्ला बन कार्यालय नुवाकोटको आयोजनामा दुई दिने अन्तरक्रिया कार्यक्रममा आयोजना त्रिशुली थि्र ए र सम्बन्धित सामुदायिक वनका प्रतिनिधिहरुको सहभागी रहेको छ । प्रभावित वनहरुमा डुम्रेगोगने सामुदायिक बन गेर्खु, जालपा सामुदायिक बन गेर्खु, गोनेश्वरी सामुदायिक बन ककनी, निगाले कोषडाँडा सामुदायिक बन ककनी, पहरेडाँडा सामुदायिक बन मनकामना, बाघभैरव सामुदायिक बन सूर्यमति, हवेली सामुदायिक बन ओखरपौवा, मंगलादेवी सामुदायिक बन ककनी, क्षेत्रपाल सामुदायिक बन खानीगाँउ, गोरखनाथ सामुदायिक बन खानीगाँउ, नारायणीदेवी सामुदायिक बन खानीगाँउ, कुमारी देवी सामुदायिक बन सूर्यमति, दारेगौडा सामुदायिक बन गेर्खु लगायतका १५ सामुदायिक बन रहेको जिल्ला बन कर्यालय नुवाकोटका वन अधिकृत प्रेम खनालले जानकारी दिनुभएको छ ।
अन्तरक्रियामा सहभागी भएका सामुदायिक बनका पदाधिकारीहरुले आयोजनाले एक पक्षीय रुपमा रुखको लागत लिने र वनसंग समन्वयन नै नगरी कटानीको तयारी गरेको भन्दै आपत्ति जनाएका छन् । आयोजनाले खम्बा गाड्नको लागि आवश्यक पर्ने स्थानमा रुख कटानी गर्न १ रुखको अनुपातमा २५ रुख रोपिदिने र काठमाडौ मूल्य दिने सहमति जनाइसकेका छ । तर, सामुदायिक वनका पदाधिकारीहरुले भने रुख वृक्षारोपणको विकल्पको सेवा र अवसरको माग गरेका छन् ।
वनमा विरुवा रोप्न भन्दा सामाजिक सेवाका अन्य क्षेत्रमा लगानी हुनुपर्ने अडान राखेका छन् । ६० मेगावाट क्षमताको आयोजनाले १५ मध्ये १३ सामुदायिक वनको लागत तयार गर्दा ६ हजार चार सय १२ रुख कटानीको लागि छुट्याइएको छ भने दुई वटा वनको रुख सङ्ख्या तयार हुन बाँकी रहेको छ । वन प्रतिनिधको मागलाई आपसी समझादारिमा सम्बोधान गरेर अगाडी बढ्न अयोजना त्रिशुली थि्र ए तयार रहेको बताउनुहुन्छ प्रशारण लाइन प्रमुख रविन्द्र श्रेष्ठ । बन निर्देशिकाले सामुदायिक बनको रुख कटानी गर्नुपर्ने अबस्था आए त्यसको विकल्पमा एउटा रुख बराबर २५ वटा रुख रोपेर मात्र रुख काट्न पाउने प्रावधान रहेको छ ।
नुवाकोटमा विजुलीको प्रशारण लाइन विस्तारको तयारी


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं