के छापियो शुक्रबारका दैनिक पत्रिकामा ?

आज मिति २०६९ साल फागुन १८ गते शुक्रबार । काठमाण्डौबाट प्रकाशित सवैजसो दैनिक पत्रिकाले माओवादी अध्यक्ष प्रचण्डले चितवनको बाँदरमुढेमा भएको घटनाप्रति माफी माग्दै राहत कार्यक्रम दिने प्रस्ताव गरेको खवरलाई प्राथमिकताका साथ छापेका छन ।

कान्तिपुर दैनिकले सर्वोच्च अदालतले खिलराज रेग्मीका बिषयमा फैसला नगर्दै दलहरुले सरकार बनाउने तयारी थालेको खवर छापेको । नागरिक दैनिकले मुलुक बिस्तारै चुनावी माहौलमा प्रवेश गरेको खवर छापेको भने नयाँ पत्रिका दैनिकले दलहरुवीच मिल्न बाँकी र मिलिसकेका बिषयहरुको बिबरण दिएको छ ।