लुटेरासँगको झडपमा मलेसियामा दुई नेपाली घाइते
रामचन्द्र नेपाल
९ असार, क्वालालम्पुर । होष्टलमा लुटपाट गर्न आएका लुटेरासँगको झडपमा परी मलेसियाको जोहोरबारुमा दुई नेपाली घाइते भएका छन् ।
जोहोरवारुको पेकननासमा रहेको सिमानो कम्पनीमा कार्यरत नेपाली श्रमिकको होस्टलमा भएको झडपमा दुई नेपालीसहित एक स्थानिय सख्त घाईते भएका छन । स्थानिय लुटेरा नेपाली श्रमिक बस्ने होस्टलमा प्रवेश गरी उमालेको तातो पानी शरिरमा खन्याइदिएका थिए भने अर्का एक श्रमिकलाई छुरा प्रहार गरी घाईते वनाएका थिए ।
त्यसपछि करीव दुई सय जना नेपालीहरु रहेको होष्टलमा हल्ला खल्ला मच्चिएको थियो । नेपाली श्रमिकहरुले एकजुट भई लुटेराहरुलाई खेदेका थिए भने एकजना लुटेराले कुटाई खाएका थिए । लुटेराहरुले पुनः नेपालीमाथि आक्रमणको प्रयास गरेपछि स्थानीय पुलिसले घटनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले केहि लुटेराहरुलाई नियन्त्रणमा लिएको छ ।
घटनामा घाईते भएका दुई नेपाली र एक स्थानियकको पोन्त्यान अस्पतालमा उपचार भईरहेको छ । वाटोमा आफुहरुलाई हिड्नसमेत निकै कठिन भैरहेको सोहि कम्पनीमा कार्यरत योजन तामाङले बताए । घाइते नेपाली श्रमिकहरुले आफ्नो नाम नखुलाईदिन अनुरोध गरेका छन् ।