कतारमा सडक दुर्घटनामा तीन नेपालीको मृत्यु १३ जना गम्भीर घाइते
दोहा (कतार), असार ६ – काम गरेर फर्कंदै गर्दा आफू चढेको गाडी नियन्त्रण बाहिर गएर पल्टिएपछि कतारमा तीन जना नेपाली कामदारको मंगलबार साँझ ज्यान गएको छ । १३ जना नेपाली घाइते भएका छन् । पाँचको अवस्था गम्भीर छ ।
कार्यस्थलबाट सनैयास्थित क्याम्पमा फर्कंदै गर्दा यहाँको सल्वारोडमा माईक्रो भ्यानको टायर पड्किएपछि दुर्घटना भएको हो । भ्यानमा सवार अधिकांश नेपाली नै थिए । दुर्घटना स्थानीय समय अनुसार ४ ३० मा भएको हो ।
स्थानीय पेनिन्सुला दैनिकका अनुसार मृत्यु हुने नेपालीमा कृष्णराज वंशी, पशपल धमाला र बृजनाथ पण्डित छन् । उनीहरुको पूरा ठेगाना खुलाइएको छैन् । मृत्यु हुनेहरुमा ३५ देखि ४० बर्षभत्रका छन् ।
नेपाली दुतावासले यो घटनाबारे जानकारी नपाएको बताएको छ । ‘तीव्र गतिमा आएको भ्यानको टायर पड्किएपछि नियन्त्रण बाहिर गाडी गयो । गाडीले सडकमा राखिएको डिभाडर पनि ढाल्यो,’ पत्रिकाले लेखेको छ, ‘पर्खालमा गएर गाडी ठोक्कियो ।’
घाइतेहरुलाई हमाद अस्पतालमा राखिएको छ । त्यसमध्ये ६ जनालाई डिस्चार्ज गरिएको छ । गम्भीर घाइते हुनेमा इजिप्सीयन ड्राइभर पनि छन् ।स्रोत इकान्तिपुर