घरकै शौचालयमा बालिका बलात्कृत

भक्तपुर, २४ माघ । घरको माथिल्लो तल्लाबाट तल्लो तल्लामा रहेको शौचालयमा गएकी १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् । काभ्रे स्थायी घर भएकी हाल भक्तपुर नगरपालिका वडा नं. ९ चोछँे टोलमा परिवारसँग भाडाको घरमा बस्दै आएकी १२ वर्षिया सेती तामाङ (नाम परिवर्तन) बलात्कृत भएकी हुन् ।


पीडित बालिकाले प्रहरीलाई दिएको बयानअनुसार शौच गरेर बाहिर निस्कने बित्तिकै अन्जान व्यक्तिले उनलाई बलात्कार गरका थिए । ती व्यक्तिले ‘सुरेश छ’ भनेर आफूलाई सोधेको र ‘सुरेशलाई चिन्दिनँ’ भन्न नपाई भुइँमा लडाएर बलात्कार गरको जानकारी पीडित बालिकाले दिइन् । दाहिने हातले बालिकाको मुख थुनी बायाँ हातले घाँटी थिच्दै भुइँमा पछारेर आफूलाई बलात्कार गरेको बालिकाले बताइन् । फुत्किने अनेक प्रयास गर्दा पनि ती व्यक्तिले हातका औँला योनीमा पसाएको जानकारी बालिकाले दिइन् । केही समयपछि बालिकाको चिच्याहट सुनेपछि आमाबुबा तल ओर्लेका र पल्लो घरका मानिसले बत्ती बालेपछि बलत्कारी भागेको उनले बताइन् । बालिकाको योनीमा रगत बगेको देखेपछि उपचारका लागि उनलाई भक्तपुर अस्पतालमा भर्ना गरिएको पिताले बताए । भक्तपुर अस्पतालले समेत बालिका बलात्कृत भएको पुष्टि गरेको छ ।

प्रहरीले बलात्कारमा संलग्न भएको भन्दै भक्तपुर नगरपालिका वडा नं. १४ बोलाछेँका २२ वर्षीय रञ्जन प्रजापतिलाई पक्राउ गरेको छ । प्रजापतिमाथि जबर्जस्ती करणी र अप्राकृतिक मैथुन ऐन अन्तर्गत मुद्धा चलाएको प्रहरीले जनाएको छ । केही दिन अघि रेस्टुरेन्टमा काम गर्ने महिलाको सामान चोरी गरेको अपराधमा प्रजापतिले जेल सजायसमेत भुक्तान गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरी परिसर भक्तपुरका अनुसार गत साउनयता भक्तपुरमा ११ वटा जबर्जस्ती करणीको घट्ना घटेका छन् ।