एमाओवादीको बन्दसत्र सञ्चालनका लागि बनाइएको टहरा हावाले उडायो!

एकीकृत एमाओवादी सातौं महाधिवेशनको बन्द सत्र संचालनका लागि बनाइएको टहरा हावाले उडाएको छ।
हेटौडा अद्यौगिक क्षेत्रमा जारी रहेको एमाओवादी अधिवेशनमा बन्दसत्रको छलफलका लागि बनाइएको टहरा हावाले उठाएको हो । बन्दसत्रका निम्ति बनाइएको अस्थायी हल बुधबार हावाले उडाएको एक प्रतिनिधिले जानकारी दिए ।

हावाले हल उडाइदिएपछि बन्द सत्र प्रभावित भएको छ । प्रतिनिधि र कार्यकर्ताले खाना खाने समयमा हावाले उडाएको हललाई निर्माण गर्ने काम गरिरहेका छन् । ४२ सय भन्दा बढी प्रतिनिधी तथा पर्यवेक्षक अट्ने गरी बनाइएको हल हावाले उडाएको हो ।