डोटीमा बस दुर्घटना २४ जनाको मुत्यु, १० घाईते

२८ पुस, डोटी । डोटीमा भएको यात्रुबाहक बस दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । अछामको जैगडबाट कैलालीको टीकापुरका लागि छुटेको कर्णालि रिभरको ना ४ ख ३६०३ नम्बर को बस डोटी छतीवन गाबिसको

रुपसकाँडामा दुर्घटना हुँदा मृत्यु भएका मध्ये २४ जनाको शव फेला परेको डीआईजी सुशील बर्सेन थापाले जानकारी दिनुभयो । दुघटनामा घाइते भएका मध्ये ४ जनालार्इ एम्बुलेन्सबाट अस्पताल लैजादै गरेको र ६ जनालार्इ सडकमा ल्याउने कार्य जारी रहेको थापाले बताउनुभयो । बस बुडर बजारबाट ७ किलोमिटर टाढा रुपसकाँडा राती साढे २ बजे दुर्घटना भएको हो । बस सडक बाट ३ सय मिटर तल खसेको छ ।