वर्ष २०१२ का चर्चित स्क्यान्डल

टेलिभिजन कलाकार फसे केटासँग अमेरिकी टेलिभिजन च्यानलहरूमा चरित्र अभिनेता तथा हास्यकलाकारका रूपमा चिनिने केभिन जेफरी क्लास कलिला केटाहरूसँगको अवैध सम्बन्धका कारण चर्चामा आए। उमेरले ५२ वर्ष पार गरिसकेका केभिनले केटाहरूसँगको अप्राकृतिक तथा आपराधिक यौन सम्बन्धका कारण यसै वर्षको अन्त्यतिर सिसाम स्ट्रिट नामक टिभी श्रृंखलाबाट राजीनामा दिनुपर्‍यो। उनी बालबालिकासम्बन्धी टिभी कार्यक्रमका राम्रा कलाकारहरूमध्ये उत्कृष्ट कलाकारमा गनिन्छन्। अमेरिकाको बाल्टिमोरका स्थानीय बासिन्दा केभिन टिभी कार्यक्रमहरूमा 'इल्मो' उपनामले समेत प्रख्यात छन्। एक छोरीका पिता केभिनले सन् २००३ मा आफ्नी श्रीमतीसँग पारपाचुके गरेका थिए। उनलाई आफूमाथि यौन दुव्र्यवहार गरेको दोष १६ वर्षीय एक बालकलाकारले लगाएका हुन्। मियामीदेखि न्यूयोर्कसम्मको हवाई यात्राका क्रममा किशोरमाथि केभिनले बलात्कार गरेको आरोपमा वहिल जेफ हरमनले मुद्दा दर्ता गराएका छन्। केभिन जेफरी क्लासले यो समेत गरेर अन्य चार किशोरलाई यस्तै यौन दुर्व्यवहार गरेको आरोप छ। चिनियाँ नेता तथा अधिकारीहरूको कर्तुत स्थानीय चिनियाँ नेता तथा अधिकारीहरू होटल सेक्स पार्टीमा संलग्न भएको तस्बिर तथा भिडियो टेप सार्वजनिक भयो। सयभन्दा बढी तस्बिर तथा दर्जनौंको संख्यामा सार्वजनिक भएका भिडियो टेप सन् २००७ मा खिचिएको अनलाइन समाचारमा जनाइएको छ। यो चिनियाँ स्क्यान्डल 'वाइफ स्वाम्पिङ' सेक्स काण्डका रूपमा समेत चिनिन्छ। उक्त सेक्स काण्डमा चीनको उसु जिल्लाका कम्युनिस्ट पार्टीका नेता तथा जिल्ला प्रमुख प्रहरी अधिकारी क्युई फाङ संलग्न रहेको तस्बिर तथा भिडियो टेपहरूमा देखिएको छ। प्रहरी अधिकारी क्युई फाङले एकै साथ दुई किशोरी दिदीबहिनीसँग यौन समागम गरेको आरोप लागेको छ। अचम्म लाग्दो त के छ भने यी स्थानीय नेता तथा प्रहरी अधिकारी क्युई फाङले केटीहरूसँग यौन सम्बन्धका लागि महँगो होटलको महँगो बेड भाडामा लिन राज्यकोषको दुरुपयोग गरेका थिए। चीनभरिनै 'वाइफ स्वाम्पिङ' सेक्स स्क्यान्डलसम्बन्धी समाचारले सनसनी मच्चाएको थियो। अर्का प्रहरी अधिकारी लेइ झेन्ङफुले पनि आफूभन्दा एकतिहाइले कान्छी केटीसँग यौन समागम गरेको तस्बिर तथा भिडियो क्लिपहरू सार्वजनिक भएको छ, तर उनले यो मुद्दालाई आफ्नो अधिकार प्रयोग गरी ढिसमिस बनाइसकेको स्थानीय तहमा चर्चा छ। यसैगरी वु होङ, सान्क्सी जिल्लाका जिल्ला तहका नेता ली जुने नलगायतका दर्जनौं नेता तथा प्रहरी अधिकारीहरू ग्रुप सेक्स काण्डमा मुछिएका छन्। चीनमा व्यापक सनसनी मच्चाएको यो समाचार, फोटो तथा भिडियो टेपहरू स्थानीय पत्रकार झु रुइफेङले इन्टरनेटबाट सार्वजनिक गरेका हुन्। हाल उनी चीनमा राज्यकोषमा हुने भ्रष्टाचार तथा यौन अपराधका विरुद्ध लडिरहेका छन्। उनी भ्रष्टाचारविरुद्ध युद्ध छेड्ने चीनका जल्दाबल्दा युवा पत्रकार हुन्। बुर्लुस्कोनीको चर्तिकला कलिली केटीहरूसँग यौन सम्बन्धका कारण निरन्तर विवादमा पर्दै आएका इटलीका पूर्वप्रधानमन्त्री सिल्भियो बुर्लुस्कोनी फेरि चर्चामा छन्। ७६ वर्षीय बुर्लुस्कोनी आफूभन्दा ४९ वर्ष कान्छी नातिनीसमानकी टेलिभिजन प्रस्तोता २७ वर्षीया फ्रान्सेस्का पास्केलसँग लगनगाँठो कस्न लागेको घोषणा गरेपछि विवाद एवं चर्चामा तानिएका हुन्। कलिला केटीहरूसँग यौन सम्बन्ध बनाउन निकै माहिर र रसिक मानिने बुर्लुस्कोनीको यो तेस्रो विवाह हो। उनले दुई पटक पारपाचुके गरिसकेका छन्। बुर्लुस्कोनी र उनकी नवयौवना प्रेमिका फ्रान्सेस्का पास्केल विगत केही समयदेखि सँगै बस्दै आएका छन्। बुर्लुस्कोनी दर्जनौं युवतीसँग एकसाथ नाङ्गै नाचिने बुङ्गाबुङ्गा डान्स पार्टी आयोजना गर्ने तथा त्यस्ता युवतीसँग गु्रप सेक्स मन पराउने रंगीन व्यक्ति पनि हुन्। इटलीमा धनाढ्य व्यवसायी तथा मिडिया टाइकुनका रूपमा समेत चिनिने बुर्लुस्कोनीले महँगा-महँगा उपहार एवं जागिर दिएर केटीहरूलाई जालमा फसाउँदै आएका छन्। इटलीको उच्च अदालतमा उनीमाथि यौनका लागि राज्यको सम्पत्ति र पदीय अधिकार दुरुपयोग तथा भ्रष्टाचार गरेको अपराधसम्बन्धी मुद्दा चलिरहेको छ। सीआईए प्रमुखको राजीनामा अमेरिकाका राष्ट्रिय अनुसन्धान केन्द्रका प्रमुख ६० वर्षीय डेभिड हवेल पेट्रासले आफ्नै वायोग्राफर पाउला ब्रोडवेलसँगको सम्बन्धका कारण आफ्नो पदबाट राजीनामा दिएका छ्न्। यी दुईबीचको अन्तरंग सम्बन्धलाई अमेरिकाकै संघीय अपराध अनुसन्धान व्युरोले पत्ता लगाएपछि डे भिड हवेल पेट्रास र पाउला ब्रोडवेल अमेरिकाभर नै निकै ठूलो विवाद र चर्चामा आएका थिए। अमेरिकी सेनाको उच्च पदमा ३७ वर्ष सेवा गरिसकेका हवेल पेट्रास अमेरिकाको सीवीआई प्रमुख पदमा ६ सेप्टेम्बर २०११ मा नियुक्त भएका थिए। उनी अफगानिस्तानमा कार्यरत अमे रिकी सेना मात्र होइन, बहुराष्ट्रिय सेनाको कमान्डरसमेत रहिसकेका छन्। लकल्यान्ड एयर फोर्समा अमेरिकाको लकल्यान्ड एयर फोर्समा यस वर्षको अर्को ठूलो सेक्स स्क्यान्डल देखा पर्‍यो। इन्टरनेटमा समेत यस वर्षको नवौं खोजमा परेको यो स्क्यान्डलले विश्वभर चर्चा पायो। लकल्यान्ड एयर फोर्स स्क्यान्डलमा २५ जना प्रशिक्षक तथा ११ जना कमान्डर संलग्न भएको पत्ता लागेको छ। लकल्यान्ड एयर फोर्स टेक्सस राज्यको एउटा त्यस्तो हवाई प्रशिक्षण स्थल हो जहाँ बर्सेनि ३५ हजार महिला-पुरुषले हवाई उडानसम्बन्धी तालिम लिन्छन्। लकल्यान्ड एयर फोर्समा दर्जनौं सिकारु महिला हवाई प्रशिक्षार्थीलाई कमान्डर तथा प्रशिक्षकहरूले यौनसम्बन्ध राख्न बाध्य तुल्याएको आरोप लागेको छ। मिन्का केलीको सम्बन्ध अमेरिकी सुन्दरी तथा नायिका ३२ वर्षीया मिन्का केली आफ्नै ब्वाइफ्रेन्डसितको यौनसम्बन्धका कारण चर्चामा आइन्। आमजनसमुदायमाझ अति नै सोझी नायिकाका रूपमा प्रस्तुत हुने मिन्का केली तब झसंग भइन् जब ब्वाइफ्रेन्डसितको उनको सेक्स भिडियो बजारमा आयो। बाल्यकालको नाम मिन्का डुमोन्ट डुफेइ रहेको केलीका चाल्र्स ऐन्जल्स, फ्राइडे नाइट लाइट्स रुममेटजस्ता चलचित्र प्रदर्शनमा आएका छन्। रेस्लरको भिडियो अमेरिकाका पूर्व रेस्लर हुल्क होगान आफ्नै प्रिय साथी हिथर क्लिमसँग समागम गर्दागर्दै भिडियो टेप रेकर्डमा समातिए। उनले गोप्य रूपमा भिडियो टेप रेकर्ड गर्नेहरूविरुद्ध कानुनी कारबाही गर्ने र १ करोड डलर क्षतिपूर्ति तिराउने प्रयाससमेत गरे। ५९ वर्षीय हुल्क होगानको वास्तविक पारिवारिक नाम टेरी जेन बोल्ली हो। हुल्क होगान रेस्लिङ रिङमा बोलाइने नाम हो। उनी संगीतकार तथा टेलिभिजन कार्यक्रममा लोकप्रिय चरित्र अभिनेताका रूपमा समेत चिनिन्छन्। उनी रेस्लिङ प्रतिस्पर्धामा १२ पटक वल्र्ड च्याम्पियन घोषित भैसकेका छन्। फ्लोरिडाको टाम्पा निवासी हुल्क होगान १ सय ३७ केजी तौलका एवं ६ दशमलव ७ फिट अग्ला छन्। उनी अहिले पनि बेलामौकामा रेस्लिङ रिङमा देखिँदै आएका छन्। केन्द्रीय न्यायाधिवक्ताको यो रूप दक्षिण कोरियाको अपराधसम्बन्धी मुद्दा हेर्ने केन्द्रीय न्यायाधिवक्ता हान साङ देइ आफ्नै सेवाका जुनियर महिला कर्मचारीसँगको यौन सम्बन्धका कारण पदबाट राजीनामा दिन बाध्य भए। आफ्नो यौनसम्बन्धको विस्तृत विवरण सञ्चारमाध्यममा सार्वजनिक भएपछि आमजनतासँग माफी माग्दै उनले तत्कालीन राष्ट्रपति लि म्युङ वाकसमक्ष राजीनामा दिएका हुन्। हान हजारौं लडर घूस खाएको एउटा अर्को भ्रष्टाचार मुद्दामा समेत दोषी पाइएका छन्। उनले ८ लाख डलर घुस खाएको आरोप लागेको छ। एक्स फ्याक्टरकी जजको भिडियो ब्रिटिस टेलिभिजन च्यानलमा प्रसारण हुने लोकप्रिय कार्यक्रम एक्स फ्याक्टर म्युजिक कम्पटिसन कार्यक्रमकी जज तुलिसा कोन्तोस्ताभ्लोसको गएको मार्च महिनामा घरमै खिचिएको सेक्स भिडियो सार्वजनिक भएपछि ब्रिटिस सञ्चारमाध्यमहरूमा हलचल मच्चियो। २४ वर्षीया तुलिसा कोन्तोस्ताभ्लोसले आफ्नै ४० वर्षीय पूर्वप्रेमी जस्टिन इडवार्डसँगको भिडियो टेप युट्युबमार्फत सार्वजनिक भएपछि उनले आम जनसमुदायसँग माफीसमेत मागिन्। तुलिसा कोन्तोस्ताभ्लोस ब्रिटिस मिडियामा लोकप्रिय र चर्चित गायिका, गीत लेखिका तथा मोडलका रूपमा चिनिन्छिन्। उनकी पूर्वप्रेमी जस्टिन इडवार्ड मिडिया क्षेत्रमा अंगे्रजी लेखक तथा अभिनेताका रूपमा नाम र दाम कमाउने सेलिब्रेटी हुन्। तुलिसा को न्तोस्ताभ्लोस सन् २०११ देखि एक्स फ्याक्टर कार्यक्रमको जज रहँदै आएकी छिन्।कसरी नाङिए पुरा हेर्नुहोस्