अमेरिकामा राष्ट्रपतीय निर्वाचनको खर्च ६ अर्व डलर

२५ कात्तिक, काठमाण्डौं । अमेरिकामा राष्ट्रपतीय निर्वाचनमा कति खर्च होला भन्ने संसारकै चासोको विषय हो । अमेरिकाका विभिन्न अनुसन्धान संस्थाहरुले यसपटकको निर्वाचनमा ६ अर्व डलर खर्च भएको अनुमान सार्वजनिक गरेका छन् । 

पैसा सर्वोपरी रहेको अमेरिकी चुनावी अभियानमा विभिन्न स्वार्थ बोकेका व्यक्ति, समूह, र संघसस्थाले दिने चन्दासँगै तिनको प्रभावशाली भूमिका र पैरवी राष्ट्रपय चुनावमा निणर्ायक जस्तै बन्ने गरेको खबर कान्तिपुर दैनिकले छापेको छ ।

सन् २०१२ को चुनाव अमेरिकी इतिहासमै महँगो मात्रै नभई यसको खर्च ७० लाख डलरभन्दा बढीको अन्तरले आकासिएर छ । ओपन सेक्रेट डट ओआरजीका अनुसार ओबामाले ६३ करोड २१ लाख डलर रकम संकलन गरे भने रोम्नीले ३८ करोड ९० लाख डलर । ओबामाले साना व्यक्तिगत चन्दादाताबाट २१ करोड ४३ लाख र ठूला व्यक्तिगत चन्दाबाट ४२ करोड ३३ लाख संकलन गरेका छन् भने रोम्नीले यस्तो रकम क्रमशः ७ करोड ८ लाख र ३१ करोड ३२ लाख डलर संकलन गरेका छन् ।