विपक्षी १५ दलद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा

२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस-एमालेसहितका १५ विपक्षी दलले सरकारकारविरुद्ध एक महिने आन्दोलनको घोषणा गरेका छन् ।
शनिबार एमाले मूख्यालय बल्खुमा पत्रकार सम्मेलन गरी विपक्षी दलहरुले सभा, धर्ना, जुसुलसहितका दबावमुलक आन्दोलन घोषणा गरेका हुन् । मंसिर २ गते नागरिक समाजसँग अन्तरक्रिया गरि सुरु हुने विपक्षीहरुको पहिलो चरणको आन्दोलन २९ गते काठमाडौंसहित १५ जिल्लामा विरोध सभा गरेसँगै सकिनेछ । संविधानसभा पुनःस्थापनाको विकल्पलाई अस्वीकार गर्दै विपक्षी दलहरुले आगामी वैशाखमा संविधानसभा-संसदको चुनाव गर्न प्रस्ताव गरेका छन् । ‘नयाँ संविधानका लागि एमाओवादीले अघि सारेको संविधानसभा पुनःस्थापनाको प्रस्ताव संवैधानिक, राजनीतिक, लोकतान्त्रिक र नैतिक दृष्टिकोणले उपयुक्त छैन’ विपक्षी १५ दलले भनेका छन्-’सरकारको आयु बढाउने, आफ्नो दलगत स्वार्त पूर्ति गर्ने र राजनीतिक अन्योल लयोल लम्ब्याएर आफ्नो अभिष्ट पूरा गर्ने माओवादीको दाउपेचलाई परास्त गर्दै लोकतन्त्रको रक्षा गर्नु आवश्यक छ । सहमतिको सरकार गठन गरी संविधान निर्माणका सम्वन्धमा विगतमा भएका सहमतिको स्वामित्व ग्रहण गर्दै नयाँ संविधान निर्माण गर्न र गणतन्त्रलाई संस्थागत गर्न अब ताजा जनादेश नै एक मात्र विकल्प हो ।’ विपक्षी दलहरुले त्यसका लागि बाबुराम भट्टराई नेतृत्वको वर्तमा सरकारको बर्हिगमन र राष्ट्रिय सरकार गठनलाई पहिलो सर्त बनाएका छन् । वर्तमान सरकार नहटेसम्म आन्दोजन हुने भन्दै एमाले अध्यक्ष झलनाथ खनालले भन्नुभयो-’संविधानसभाको निर्वाचनका लागि सहमतिको सरकार सरकार हो ।’ आन्दोलनमा नेकपा-माओवादीसहितका सत्तामा नभएका पार्टीहरु समेत सहभागी हुने भन्दै खनालले यो बृहत्तर मोर्चा बन्ने बताउनु भयो । विपक्षी १५ दलले नयाँ सरकार गठन पछि मात्र बजेट ल्याउनु पर्ने र अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा सहमतिका आधारमा नियुक्त गर्नु पर्ने अडान समेत लिएका छन् । आन्दोलनका कार्यक्रमहरूः १. मंसिर २ गते राजधानीमा नागरिक समाजसँग आन्दोलनको विषयमा अन्तरक्रिया गर्ने । २. मंसिर ५ गते व्यापारी, उद्योगपति, अर्थविद् र आर्थिक क्षेत्रसँग सम्बद्ध व्यक्तिहरुको भेला गरी बजेट लगायत देशको अर्थतन्त्रसँग सम्बन्धित विषयमा छलफल गर्ने । ३. मंसिर ८ गते आन्दोलनको तयारीका लागि विपक्षी दलका कार्यकर्ताहरुको उपत्यकास्तरीय बृहत् भेला गर्ने । ४. मंसिरको दोश्रो हप्ता भित्र आन्दोलनको तयारीका लागि उपत्यका बाहिरका सबै जिल्लामा विपक्षी दलका कार्यकर्ताहरुको संयुक्त भेला गर्ने । ५. मंसिर ९ गते विराटनगर, १५ गते जनकपुर, २२ गते धनगढी, २३ गते नेपालगंज र ३० गते भैरहवामा र्‍याली र आमसभा गर्ने । नेपाली कांग्रेसले जनकपुर र नेपालगञ्ज, नेकपा (एमाले)ले बिराटनगर र धनगढी एवं राष्ट्रिय प्रजातन्त्र पार्टीले भैरहवाको कार्यक्रमको संयोजन गर्ने र अन्य दलले त्यसमा सहयोग गर्ने । ६. मंसिर १५ गते शुक्रबार १० देखि १२ बजे सम्म पचहत्तरै जिल्लामा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा धर्ना दिने । ७. मंसिर २९ गते काठमाडौं, झापा, सुनसरी, सप्तरी, सिन्धुली, पर्सा, चितवन, कास्की, पाल्पा, बाग्लुङ्ग, दाङ, सुर्खेत, जुम्ला, डोटी र कञ्चनपुर गरी १५ जिल्लामा जुलुस र विरोध सभा गर्ने । १५ जिल्ला मध्ये झापा, सप्तरी, कास्की, पर्सा, दाङ, सुर्खेत र कञ्चनपुर जिल्लामा हुने कार्यक्रमको संयोजन नेपाली कांग्रेसले गर्ने । सुनसरी, चितवन, पाल्पा, वागलुङ् , डोटी, जुम्ला, सिन्धुली र काठमाडौंको संयोजन नेकपा (एमाले)ले गर्ने । माथि उल्लेखित कार्यक्रमहरुसँग नजुध्ने गरि आन्दोलनमा सहभागी राजनीतिक दलहरु तथा विभिन्न जनसंगठन र पेशागत संगठन र पार्टीका जिल्ला तहका संगठनहरुले आफ्नै पहलकदमीमा पनि विरोधका विभिन्न कार्यक्रमहरु गर्नसक्ने छन् । आन्दोलनका अन्य थप कार्यक्रमहरु यथासमयमा तय गरी सार्वजनिक गरिनेछ । सहभागी दलहरू १, नेपाली कांग्रेस २, नेकपा एमाले ३, राष्ट्रिय प्रजातन्त्र पार्टी ४,नेकपा माले ५, नेकपा संयुक्त ६,राष्ट्रिय जनशक्ति पार्टी ७, नेपाल सद्भावना पार्टी (आ.) ८, चुरेभावर राष्ट्रिय एकता पार्टी ९, समाजवादी जनता पार्टी १०, नेकपा (संयुक्त माक्र्सवादी) ११, नेकपा (मार्क्सवादी) १२, जनमोर्चा नेपाल १३, नेकपा (संयुक्त मार्क्सवादी) १४, नेकपा (माले जनसमाजवादी) १५, नेपाली समाजवादी परिषद्