आर्यन ढिलो आउँदा कसलाई भो छटपटि ?
पत्रकार सम्मेलनमा कलाकारले पत्रकारलाई नै कुराउने क्रम बढ्दै गएको छ । सोमबार काठमाडंौमा आयोजना गरिएको चलचित्र ‘धुवाँ यो नशाको’ पत्रकार सम्मेलनमा पनि यस्तै तनाव भयो । नायक आर्यन सिग्देल र निर्देशक लक्ष्मण रिजाल नै कार्यक्रममा उपस्थित नुहादा निर्माता लक्ष्मण रिजाललाई पर्नु छटपटि पर्यो । नायिका निशा अधिकारी पनि निर्देशक र नायक नै नआउादा खुशी देखिएकी थिइनन् ।
आर्यन निर्धारित समय भन्दा करिब डेढ घन्टा ढिलो आइपुगेका थिए । यस्तै निर्देशक लक्ष्मण रिजाल भने १ घन्टा पछि मात्र कार्यक्रममा झुल्किए । आर्यन र लक्ष्मण दुबै नआउादा पत्रकारहरुमा आक्रोश समेत बढेको थियो । कार्यक्रममा ढिलो गरि आइपुगेका आर्यनले काठमाडौंको जामलाई बाहना बनाए । उनले चलचित्र ‘धुावा यो नशा’मा आफुले अहिलेसम्म अभिनय गरेका सिनेमा भन्दा फरक धार समातेको बताए । यस्तै नायिका निशा अधिकारीले यो चलचित्रमा सबैले राम्रो काम गरेको भन्दै आफुले पनि खोजेको जस्तै भुमिका पाएको बताइन् ।
कार्यक्रममा निर्माता रामप्रसाद रिजालले धुवा यो नशा समाजमा देखिएको बास्तवकी कथामा आधारित रहेको दाबी गरे । पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक लक्ष्मण रिजाल, छायांकार रामेश्वर कार्की लगायतले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा चलचित्रको अडियो बिमोचन समेत गरिएको थियो । कात्तिक ३ गते मोफसलका र १० गते काठमाडौंका हलमा प्रदर्शनमा आउन लागेको यो चलचित्रले लागुपदार्थ दुव्र्यसनिको कथालाई उठान गर्न खोजेको छ ।