आफ्नै आमाले छोरी बेचेर फरार भएपछी...

२५ साउन, नवलपरासी । जन्मदिने आमा भन्दा ठूलो यो संसारमा अर्को कोहि हुँदैन भन्ने सत्य भनाइलाई एउटी आमाले बदनाम गरिदिएकी छिन् । आफुलाई आमाले नै गोरखपुरको एक होटलमा लगेर बेचिदिएको भनेर एक छोरीले प्रहरीमा उजुरी दिएकी छन ।नवलपरासी घर भइ भारतको माहाराजगँजस्थित माइती घरमा ४ वर्षदेखि बस्दै आएकी २० वर्षीया सोना बेगम (नाम परिवर्तन)ले आफ्नै जन्मदिने आमा विरुद्ध नवलपरासी प्रहरीमा उजुरी दिएकी छन ।



श्रीमानसँगको सम्बन्ध बिग्रिएपछि भारतको गोरखपुर छेउ महाराजगँजमा ४ वर्षदेखी बस्दै आएकी सोनाले आमा सलमा बेगम (नाम परिवर्तन) र नवलपरासीका अर्का व्यक्ति समिउल्लाहले आफुलाई घुम्न जाउँ भन्दै गोरखपुर लगेर बेचेको बताउँदै प्रहरीमा जाहेरी दिएकी हुन

उनका अनुसार होटल पुर्याएपछि आमाले एकैछिनमा आउछु भन्दै बाहिरीएको र फर्केर आउँदा सँगै अर्कै मान्छेलाई पनि ल्याएकी थिईन । बाहिरबाट आएर खाउ भन्दै दिएको जुस पिएपछि आफु बेहोस भएको पनि सोनाले बताएकी छिन् । बेहोस पछि होसमा आउँदा आफ्नो अगाडि नचिनेको मान्छे पाएपछि त्यहाँबाट जान खोज्दा उसले तेरो आमाले २० हजारमा बेचेर गएको भनेपछि उनी छांगाबाट खसेजस्तो भएकी थिईन ।

उनकी आमा अहिले फरार रहेकी छन भने समिउल्लाहलाइ प्रहरीले पक्राउ गरेको छ । आमा सल्मा भारतमा रहेकोले तत्काल पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीकी महिला सेल प्रमुख उषा ढुंगानाले बताइन भने खबर नयाँ पत्रिकामा छ ।

आमाले बेचेर हिडेपछि दलालले अर्को ठाउँमा लैजान खोज्दा भागेर हिडेकी सोनाले गोरखपुर औषधी गर्न गएका गाउँका दुइ व्यक्तिसँग भेट भएपछि उनीहरुसँगै गाउँ फर्केको बताएकी छन् ।