२५ बुँदे सम्झौता खारेज हुन सक्दैन : प्रचण्ड

नागरिक अगुवा तथा बुद्धिजीवीसँग बुधवार पोखरामा भएको अन्तक्रिर्या कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधानसभा निर्वाचनको मिति सार्न नसकिने स्पष्ट गर्दै चुनाव हुँदैनकी भनेर भ्रममा नपर्न पनि सबैसँग आग्रह गर्नुभयो ।
वर्तमान चुनावी सरकार परिवर्तन, ११ बुँदे र २५ बुँदे सम्झौता खारेज हुननसक्ने जानकारी दिँदै उहाँले तर असहमतिका केही बुँदाहरु भए त्यसमा परिमार्जन गर्न सकिने धारणा राख्नुभयो । रासस