के छापियो सोमबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० साउन १४ गते सोमबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले निर्वाचनको विपक्षमा रहेका दलहरुलाई वार्तामा बस्न उच्च स्तरीय राजनीतिक समितले पुनः आग्रह गरेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले व्यवसायीले कुनै पनि राजनीतिक दलहरुलाई चन्दा नदिने तयारी गरेको खबरलाईं मुख्य बनाएको छ भने नागरिक दैनिकले सबै सुरक्षा प्रमुखहरु राजधानीमा रहेको खबरलाई मुख्य बनाएको छ ।
नयाँ पत्रिकाले माओवादी वार्तामा नबस्नुको कारणलाई मुख्य समाचार बनाएको छ भने अन्नपूर्ण पोष्ट दैनिकले काँगे्रसमा पनि सुरक्षा दस्ता तयार भएको खबरलाई मुख्य बनाएको छ ।
1
2
3
4
5
6
7
8