होटलको पैसा तिर्न नसक्दा छोराछोरी बन्धकी

१४ साउन, सुर्खेत । जुम्लाको हाकु गिडिखोलाका खड्क विष्ट सुर्खेतको वीरेन्द्रनगरको एक होटलमा आफ्ना दुई छोराछोरीलाई बन्धकी (धरौटी) राखी गायब भएका छन् । ३७ हजार एक सय ३५ रुपैयाँ तिर्न नसकेपछि उनले छोराछोरी धेरौटी रोखका थिए । उनी १६ दिनसम्म पनि फर्किएनन् । खड्क १२ वर्षकी छोरी मेनका र ९ बर्षका छोरा विशालसहित असार २२ थते विष्ट होटलमा आएका थिए ।
६ दिनपछि छोराछोरी धरौटी राखी उनी हराएका छन् । ‘असार २८ गते उनी यहाँबाट निस्किएका थिए, अहिले सम्पर्कमा आएका छैनन्,’ होटल सञ्चालक नवीनबहादुर दर्लामीले भने ।
होटल सञ्चालकले विष्टसँग २९ असारसम्म फोन सक्पर्क भएको बताए । त्यसपछि उनी सम्पर्कबिहीन भएपछि प्रहरीमा खबर गरेको सोमबार प्रकाशित कमाण्डर पोष्टमा खबर छ ।