के छापियो बिहीबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० असार २७ गते बिहीबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले राजधानी मै ३५ किलो सुन भेटिएको र नेपालको आर्थिक वृद्धि ६ बर्षयताकै न्यूर रहेको र मूल्यवृद्धि चाहिँ ४ बर्षयताकै उच्च रहेको खबरलाई उच्च प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले निर्वाचन आचार संहिता केही लचिलो भएको खबरलाई मुख्य बनाएको छ भने नागरिक दैनिकले पार्टीमा पदको भागबन्डा झेल्न प्रचण्डका चार विकल्प रहेको खबरलाई मुख्य बनाएको छ ।
एसएससी नतिजामा ११ हजारको असन्तुष्टि रहेको खबर नयाँ पत्रिकाले मुख्य रुपमा छापेको छ भने दुई करोडको मेसिन प्रयोग विना नै बिगि्रएको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
1
2
3
4
5
6
7