विक्रमसंवत् २०७० साल आषाढ २७ गते बिहीबार

विक्रमसंवत् २०७० साल आषाढ २७ गते बिहीबार,
ईश्वीसन् २०१३ जुलाई ११, नेपाल संवत् ११३३,
आजको सूर्योदय – ५:०९:५४ बजे र सूर्यास्त – ६:५१:४१ बजे,
आषाढ शुक्लपक्ष (दिल्लाथ्व), तृतीया तिथि, दिउँसो ४ बजेर १५ मिनेटसम्म, त्यसपछि चतुर्थी तिथि,
चन्द्रमा कर्कट राशीमा, दिउँसो २ बजेर ४३ मिनेटसम्म, त्यसपछि सिंह राशीमा,
अश्लेषा नक्षत्र दिउँसो २ बजेर ४३ मिनेटसम्म, त्यसपछि मघा नक्षत्र,
वज्र योग बिहान ६ बजेर १५ मिनेटसम्म, त्यसपछि सिद्धि योग,
गर करण दिउँसो ४ बजेर १५ मिनेटसम्म त्यसपछि वणिज करण,
राहुकाल दिउँसो १ बजेर ४४ मिनेटदेखि ३ बजेर २६ मिनेटसम्म,
काल बारबेला दिउँसो ३ बजेर २६ मिनेटदेखि ५ बजेर ०९ मिनेटसम्म,
रोग बारबेला बिहान ६ बजेर ५३ मिनेटदेखि ८ बजेर ३५ मिनेटसम्म ।
12341_366004260171002_829403737_n
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
हिजोआज ठिकैको समय चल्दैछ । तपाईं विरुद्ध काम गर्ने व्यक्तिहरू आफैं परास्त हुनेछन् । इष्टमित्रले पनि तपार्इंको प्रशंसा गर्नेछन् । समयको प्रतीक्षा गर्नु होला । दिउँसो पारिवारिक समस्याले मन खिन्न भए पनि साँझपख मन भुलाउने उपायको खोजी हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ । शरीर केही आलस्य हुनसक्छ । अहिलेसम्म गरेका कामबाट सन्तोष मान्ने ठाउँ देखिन्छ । कामगर्न मन जानेछैन । सामान्य समस्याहरुले पिरोल्ने छ । व्यापार व्यवसाय मध्यम रहेको छ । आमा वुवाको स्वास्थ्यमा समस्या आउने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सामाजिक काममा संलग्न हुनुपर्ला । मेवा मिष्टान्न परिकार मिल्नेछ, भेटघाट राम्रै होला । धार्मिक वा सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । समय मध्यम खालको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । आज पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने अनुपम दिन हो ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दिनको सुरुआतमा मन खिन्न भएपनि क्रमशः समस्याहरु सुल्झँदै जानेछन् । बेलुका मनोरञ्जन र खेलवाडतिर लागिने छ । धेरै दिनपछि बितेका समयको मूल्याङ्कन गर्न जाँगर चल्नेछ । आज पारिवारिक समस्याले मन खिन्न हुनेछ । दाम्पत्य सम्बन्धमा पनि तालमेल हुँदैन ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजको दिन धैर्य र सावधान भई काममा लाग्नु असल हुन्छ । आज प्रत्येक काममा अडचन आउने र ढिलो गरी कार्यसम्पादन हुनेछ । बोलीको विपरीत अर्थ लाग्नाले नजिकैको आफन्त टाढिने सम्भावना छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
असल समय छ । प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ । मनोकाङ्क्षा पूर्ण हुनेछ । समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ । आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । बरु सानातिना कामको झमेला आउनसक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
समय मध्यम खालको छ । दुःखसुख, आयव्यय, लाभहानी, सफलता–असफलता, उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । फेरि पनि यात्राबाट मनले चाहे जस्तो सन्तुष्टि मिल्ने देखिन्न । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । परेवा र चराचुरुङ्कीलाई चारा तथा दानापानी खुवाउनाले आज मानसिक सन्तुष्टि प्राप्त हुनेछ । घरमा बस्दा उज्यालो वा सेतो लुगा लगाउनाले आज बौद्धिक र प्राज्ञिक क्षमताको बृद्धि हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजको दिन त्यस्तै त्यस्तै छ । बिछोडको पीडाले मन बेचैन होला । के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ । दिनभरि मन एकतमासको हुनेछ तर साँझपख आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । आत्मबल बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कृषि, पशुपालन र दुग्धजन्य पेशामा संलग्न व्यक्तिका लागि आजको दिन त्यत्ति अनुकूल छैन । आज सबैका लागि प्रणयसम्बन्ध र रतिराग बढाउने समय हो, फकाउने र फुल्याउने काममा नै दिन बित्छ । भोगविलासमा मन जानेछ । आज चिताएभन्दा बढी कमाउने योग छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
प्रतिकूल समय चल्दैछ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च अधिक हुनसक्छ सावधानी अपनाउनु होला । रिसको कारणले असर पुर्याउला । जो सँग जतिबेला बोले पनि बडो विचार पुर्याएर मात्रै बोल्नु होला । मानप्रतिष्ठा र सामाजिक मर्यादामा आँच आउने सम्भावना छ ।