यसरी खस्यो सातकिलोमा रात्रीबस भिडियो सहित
धादिङ — अर्घाखाँचीबाट काठमाडौंका लागि हिँडेको बस बिहान ६ बजे धादिङको थाक्रे आइपुग्दै थियो। अघिल्लो दिन ४ बजेदेखि गाडी चलाउँदै आएका ड्राइभर रातभरिको अनिदोले थकित थिए। बेजोडसँग हुँइकिरहेको बस एक्कासि सातकिलो आइपुगेपछि पृथ्वीराजमार्गको भित्तातिर ठोक्किँदै गुड्न थाल्यो। बसभित्रका ६० जना यात्रुबीच कोलाहल मच्चियो। खलासीले ड्राइभरलाई सम्बोधन गर्दै बसलाई नियन्त्रणमा लिन चिच्याए। तर भित्तामा ठोक्किँदै २०० मिटर जति गुडेपछि बस १५ मिटर तल खस्यो।