के छापिए सोमवारका पत्रपत्रिकामा ?
आज मिति २०७० साल असार महिनाको ३१ गते सोमवार । आज काठमाण्डौबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले सरकारले ल्याएको आर्थिक वर्ष २०७०/२०७१ को बजेटलार्इ प्रमुख प्राथमिकताकासाथ छापेका छन् । सरकारले आगामी आर्थिक वर्ष २०७०/०७१ का लागि ल्याएको ५ खर्ब १७ अर्ब २४ करोड रुपैयाँको बजेट नै सवै पत्रपत्रिकामा मूख्य समाचार बनेको । सरकारले अध्यादेशमार्फत आइतबार उक्त बजेट जारी गरेको हो ।
यो चालू आर्थिक वर्षको तुलनामा ३९ प्रतिशतको वृद्धि हो । चालू वर्षको बजेट ४ खर्ब ५ अर्ब रहेको थियो ।यस्तै केही पत्रिकाले पूर्वमन्त्री अनिल झाकी छोरीको आत्महत्या रहस्यमय भएको छापेका छन् भने मनेपावरमा मिनी डिस्को भएको समाचारले पनि उत्तिकै महत्व पाएको छ ।