फोहोर गर्दैहुनुहुन्छ ? हेल्थ इन्स्पेक्टरले समाउला !
३ असार, काठमाण्डौं । खुला ठाउँमा शौच (दिसा) गर्दैगर्दा वा फोहोर फाल्दाफाल्दै प्रहरीले गिरफ्तार गरेको समाचार सुनिन्न । तर, तपाईको यस्तो बानी छ भने होसियार हुनुस्-प्रहरी नआए पनि ‘हेल्थ इन्स्पेक्टर’ ले यस्तै अवस्थामा गिरफ्तार गरी तत्कालै कारबाहीसमेत गर्न सक्छ । स्वास्थ्य मन्त्रालयले यसैबर्षदेखि कानुन कार्यान्वयन गर्ने अधिकार दिएर प्रत्येक निर्वाचन क्षेत्रमा एकजना जनस्वास्थ्य निरीषक खटाउने कार्यक्रम ल्याएको छ ।
जनस्वास्थ्य विषयमा स्नातक -बिपिएच) गरेका निरीषकले सार्वजनिक स्थानमा धुमपान गरेको भेटे धुमपान तथा सूर्तिजन्य पर्दाथ नियन्त्रण तथा नियमन ऐनअनुसार तत्काल सय रुपैयाँ जरिवानासमेत गर्नेछ । समुदायका हुने स्वास्थ्यसँग सम्बन्धित अधिकांश विषयमा अनुगमन र नियमन गरी स्वास्थ बानी प्रवर्द्धन गर्न मन्त्रालयले प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक जनाका दरले अधिकृत तहका स्वास्थ्य निरीषक खटाउन लागेको नागरिक दैनिकमा खबर छ ।
स्वास्थ्य मन्त्रालय योजना महाशाखाका अधिकृत लिलाराज पौडेलले पानी, सरसफाई खाद्यजस्ता विषयमा स्वास्थ्य शिक्षा प्रवर्द्धन गरेर रोगको दर घटाउन यस्तो कार्यक्र ल्याइएको बताए ।