बिबी एयरवेजसहित सात वायुसेवाको सञ्चालन अनुमति खारेज

३ असार, काठमाण्डौं । उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सात वायुसेवा कम्पनीको ‘वायुसेवा सञ्चालन अनुमति तथा प्रमाणपत्र’ (एओसी) खारेज गरेको छ ।
प्राधिकरणले निजी क्षेत्रबाट सञ्चालित एवं सञ्चालन तयारीमा रहेका दुई अन्तर्राष्ट्रिय तथा पाँच आन्तरिक वायुसेवा कम्पनीको अनुमतिपत्र गत आइतबार (असार ३० ) खारेज गरेको हो ।
लाइसेन्स खारेज गरिएकामा अन्तर्राष्ट्रिय वायु सेवा कम्पनी बिबी एयरवेज र अल्पाइन एयर तथा आन्तरिक वायुसेवा कम्पनीहरु अग्नि एयर, नमस्ते एयर, स्विफ्ट एयर, ब्लु एयर र मुक्तिनाथ एयरलाइन्स छन् ।
‘जहाज ल्याएर उडान सञ्चालन गरे पनि ६ महिनासम्म निरन्तरता दिन नसक्ने र कहिल्यै जहाज नल्याउने, तर अनुमति प्रमाणपत्र लिइरहने वायुसेवाहरुकेा सञ्चालन अनुमति खारेज गरेका हौं,’ प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमनले भने, ‘सञ्चालन अनुमति खारेज गरिएको बेहोराको पत्र सबै वायुसेवा कम्पनीलाई पठाइसेका छौं ।’
प्राधिकरणले अनुमति खारेजीमा परेका सातै वायुसेवालाई नवीकरणका लागि अन्तिम मौका पनि दिएको नागरिक दैनिकमा खबर छ ।