के छापियो शुक्रबारका दैनिक पत्रिकामा ?
आज मिति २०७० साउन ११ गते शुक्रबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले भारतले मंसिरमा चुनाव भएको हेर्न आतुर रहेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यले संविधानका अन्तर्वस्तुलाई गोलमेचबाट टुंग्याउन माग गरेको खबरलाई मुख्य रुपमा छापेको छ । नागरिक दैनिकले बैद्यको चुनाव बहिष्कार धोकपूर्ण भन्दै दलहरुले दिएको अभिव्यक्तिलाई मुख्य रुपमा छापेको छ ।
नयाँ पत्रिकाले नेपाली काँग्रेसको बैठक बस्न नसकेको खबरलाई मुख्य बनाएको छ भने मन्त्रिपरिषद बैठकमा मुख्य सचिवले निर्णय लेख्ने मन्त्रीहरुले सुनेर र्फकनुपर्ने अवसस्था रहेको खबरलाई मुख्य रुपमा छापेको छ ।