आज मिति २०७० साउन ११ गते शुक्रबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले भारतले मंसिरमा चुनाव भएको हेर्न आतुर रहेको खबरलाई प्राथमिकताका साथ छापेका छन् । कान्तिपुर दैनिकले नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यले संविधानका अन्तर्वस्तुलाई गोलमेचबाट टुंग्याउन माग गरेको खबरलाई मुख्य रुपमा छापेको छ । नागरिक दैनिकले बैद्यको चुनाव बहिष्कार धोकपूर्ण भन्दै दलहरुले दिएको अभिव्यक्तिलाई मुख्य रुपमा छापेको छ । नयाँ पत्रिकाले नेपाली काँग्रेसको बैठक बस्न नसकेको खबरलाई मुख्य बनाएको छ भने मन्त्रिपरिषद बैठकमा मुख्य सचिवले निर्णय लेख्ने मन्त्रीहरुले सुनेर र्फकनुपर्ने अवसस्था रहेको खबरलाई मुख्य रुपमा छापेको छ ।1 2 3 4 5 6
११ साउन, काठमाण्डौं । जहाजको ककपिटमा को को हुन्छन् ? पाइलट र इन्जिनियर । अनुमतिबिना एयरहोस्टेज पनि भित्र छिर्न पाउँदिनन् ।
छोरी (अनधिकृत व्यक्ति) लाई ककपिटमा राखेर जहाज उडाउँदा नेपाल वायुसेवा निगमका दुई पाइलट कारबाहीमा परेका छन् । निगमको अन्तर्राष्ट्रिय उडान गर्ने बोइङ ७५७-९ एन एसिबीका ती दुई पाइलटलाई अनिश्चित समयसम्म उडान गर्न नपाउने गरी ‘ग्राउन्डेड गरिएको छ ।
उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्यन प्राधिकरणको आग्रहपछि राष्ट्रिय ध्वजाबाहक निगमले क्याप्टेन सुधीर राई र सोनी राणालाई यस्तो कारबाही गरेको हो ।
स्रोतका अनुसार करिब तीन साताअघि मलेसियाको क्वालालम्पुरबाट काठमाण्डौं आउने क्रममा क्याप्टेन राई र राणाले आफैले उडाएको उक्त जहाजको ककपिटमा राणाकी छोरी पनि थिइन् । घटनालाई निगम व्यवस्थापनले अहिलेसम्म ‘गुपचुप’ राख्न खोजेको थियो ।
‘उडान सुरक्षामा खेलाँची गरेका कारण निगम व्यवस्थापनले क्याप्टेन राई र राणालाई ग्राउन्डेड गरेको छ ,’ स्रोतले भन्यो, ‘व्यवस्थापनले यसलाई गम्भीर रुपमा लिएको छ ।’
घटनाबारे अनुसन्धान गर्न नायव महाप्रवन्धक गणेश ठाकुरको संयोजकत्वमा समिति गठन गरिएको नागरिक दैनिकमा खबर छ । उडान अवधिमा राणाकी करिब १४ बर्षकी छोरीले जहाजको ककपिटबाट कम्तीमा चारपटक भित्र बाहिर गरेकी थिइन । जहाजलाई क्याप्टेन राइले कमान्ड गरेका थिए ।
उक्त जहाजमा यात्रुमात्र भएको भए घटना सार्वजनिक नहुने भए पनि विमानमा नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारी पनि सवार रहेकाले घटना सार्वजनिक भएको हो । एक अनधिकृत व्यक्ति जहाजको ककपिट भित्र बाहिर गरेको देखेपछि उनले कार्यालयमा उजुरी गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरेका थिए ।