'टर्कीमा बन्धक १० नेपालीमध्ये ९ फर्किए, एकको मृत्यु''

'काठमाडौ, साउन १० कामको खोजीमा संयुक्त अरब इमिरेट्सको दुबईबाट युरोपेली मुलुक ग्रीस जाँदा अपहरणमा परेका ९ नेपाली १८ दिनको बन्धक जीवनपछि स्वदेश आइपुगेका छन् । उनीहरूसँगै गएका स्याङ्जा कुवाकोटका अर्जुन भण्डारीको भने मृत्यु भएको छ ।''
वैदेशिक रोजगारीमा दुबई पुगेका उनीहरूलाई अपहरणकारी समूहले मासिक १७ सय युरो कमाइ हुने प्रलोभनमा त्यहाँङ्गबाट ग्रिस लगेका थिए । स्थल र समुद्री मार्ग हुँदै २५ औं दिनमा टर्की र ग्रीसको सिमानामा पुर्‍याई अपहरणकारीले फिरौती माग्दै बन्धक बनाएको आजको कान्तिपुरमा खबर छ ।''
 पटक-पटक फिरौती रकम दिूदासमेत अपहरणकारीले मुक्त नगरेपछि झगडा गरेर भागेका उनीहरू टर्की प्रहरीको शरणमा पुगेका थिए । त्यहाँ गैरकानुनी प्रवेशबापतको कानुनी प्रक्रिया पूरा गरेर बिहीबार काठमाडौं आइपुगेका हुन् । जसमा बागलुङका दलबहादुर बुढाथोकी र तुलबहादुर घर्ती मगर, दाङका तिलक पुन, रोल्पाका चित्रबहादुर पुन र झपेन्द्र खड्का, कास्कीका सुरेश गुरुङ, धरानका कुर्साङ तामाङ तथा म्याग्दीका मेघबहादुर छन्त्याल र वीरबहादुर पुन छन् ।'

सँगै गएका भण्डारीको भने दुबईबाट ग्रिस जाने क्रममा तीव्र गतिको डुंगा चढेका बेला बाटैमा मृत्यु भएको उनीहरूले जानकारी दिए ।'स्पिड बोटमा अगाडिपट्टि भण्डारी सुतेका थिए, २ घन्टापछि बोलाउूदा बोलेनन्, मृत्यु भइसकेको रहेछ,'  तिलकले भने । मृतक भण्डारीका साला कृष्ण खनालका अनुसार चिनजानका व्यक्तिले नेपालमै रहेका भण्डारीलाई ग्रिस जान बोलाएका थिए । साथीहरू दुबईबाट ग्रिस जाने भनेपछि उनी नेपालबाट दुबई हुँदै ग्रिस लागि हिूडेका थिए । झापा घर भएका एक व्यक्तिले'माफियाँसँगको मिलोमतोमा दुबईमा काम गरेर बसिरहेका नेपालीलाई अपहरणको धन्दा चलाइरहेको आरोप उनीहरूले लगाएका छन् ।''

''तिलकका अनुसार उनीहरूलाई ग्रिसको सुपरमार्केटमा रोजगारी र त्यसबापत मासिक १७ सय युरो कमाइ हुने बताएका थिए । सुरुमा उनीहरूले बुटवलका अच्युत कूडेललाई पठाए । २५ औं दिनमा अच्युतले ग्रिसबाट फोन गरेर तिलक, झपेन्द्र र तुलबहादुरलाई बोलाए । अपहरणकारीले अच्युतलाई पनि बन्धक बनाएर सुरुमा नेपालबाट पैसा मगाएका थिए । परिवारका सदस्यले पैसा दिन नसक्ने जवाफ दिएपछि  साथीहरू बोलाएपछि मात्र छाड्ने भन्दै उनलाई यातना दिएका थिए ।''

उनीहरूका अनुसार त्यहाँ पुगेका धेरै नेपालीले २ लाख ५० हजारदेखि २० लाखसम्म फिरौती बुझाएका छन् । जस्तो: तिलकले २० लाख, सुरेशले २० लाख, कुर्साङले १२ लाख, तुलबहादुरले ९ लाख, वीरबहादुरले २ लाख ५० हजार र झपेन्द्रले २ लाख ५० हजार बुझाएका छन् । नेपालमा रहेका परिवारलाई फोन गरेर उनीहरूले फिरौती रकम मगाएका थिए । रकम बुझाउूदासमेत उनीहरूलाई नछाडी चिनजानका अन्य १० नेपालीलाई बोलाउन लगाएका थिए ।''

उक्त समूहले समुद्रमा आफूसँगै यात्रारत साथीको निधनपछि मात्र आफूहरू ठगिएको सुइूको पाएको थियो ।'बोटमा बसेको साथीको मृत्यु भयो, उसलाई छाडेर जाँदैनौं भन्दा दलालले तिमीहरू पनि मर्छौ भन्दै तर्सायो' तिलकले भने,'सेनाको हेलिकप्टर गस्ती आउँछ, आकाशबाटै गोली हानेर मार्छ भन्दै डर देखाए ।' भण्डारीलाई बचाउन नसकेकामा उनीहरूले दुखेसो गरे ।'बचाउन त सकेनौ नै, लाससमेत थान्को लगाउन सकिएन' उनले भने,'ज्यान जोगाउनै गाह्रो भयो ।'''

नेपालीलाई युरोपको आस देखाएर रकम असुल्ने गरेको यसअघि नै खुलासा भइसकेको छ । सन् २०१० यता सक्रिय दुबईदेखि टर्कीसम्मको गिरोहले नेपाली, बंगलादेशी, पाकिस्तानी र श्रीलंकालीलाई लालचमा पारेर बन्धक बनाई फिरौती असुल्दै आएको पाइएको छ ।''

पुरा भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला !