उद्योगले आजदेखि डिलरलाई ग्यास नदिने

२० जेठ, काठमाण्डौं । ग्याँस उद्योगले आजदेखि डिलरलाई ग्याँस बिक्री बन्द गर्ने भएको छ । सरकार र ग्याँस उद्योगीबीचको आइतबार भएको वार्तामा कुनै सहमति नभएपछि उद्योगीले आज डिलर र डिपोहरुलाई ग्यास नदिने र भोलीदेखि सम्पूर्ण कारोबार ठप्प पार्ने चेतावनीसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।




सरकारसंगको बार्तामा आँफुहरुका माग सम्बोधन नभएकाले डिलरलाई ग्यास बिक्रि नगर्ने निर्णय गरिएको ग्यास उद्योगहरुको दाबी छ । लागत खर्च बढेर व्यवसाय सञ्चालनमा कठिन भएको भन्दै उद्योगीले प्रतिसिलिन्डर ग्याँसमा ५७ रुपैँया ९२ पैसा कमिसनको माग गर्दै आएका छन् । उद्योगीले अहिले प्रतिसिलिन्डर २८ रुपैँया कमिसन पाउँदै आएका छन् ।