रक्सीले मातेका बिद्यार्थी नेताको सडकमै गुण्डागर्दी (भिडियो)

३ असार, काठमाण्डौ । आफुलाई भोलीको मुलुक हाँक्ने नेताको रुपमा चित्रित गर्न रुचाउने बिद्यार्थी नेताहरुले काठमाण्डौंको सडकमा रक्सी पिएर दिउँसै रमिता देखाएका छन् । शुक्रबार पुरानो बानेश्वरबाट रत्नपार्क जाने माइक्रोबसमा रक्सीले टिल्ल परेर छिरेका एमाले निकट अखिलका बिद्यार्थी नेताले छेउमै बसेकी महिला यात्रुलाई जिस्काउने र दुब्र्यबहार गर्ने हर्कत थालेपछि अर्का यात्रु रोसन राईले प्रतिबाद गरेका थिए ।



त्रिचन्द्र कलेजअघि पुगेपछि उनीहरुले राईलाई बाहिर निकालेर निर्घात कुटपिट गरे । एमाले निकट अखिलका त्रिचन्द्र कलेजका नेता भनिने ती जँडयाहाहरुले राईलाई सडकमा निकालेर कुटपिट गर्न थाले । छेउमै थियो, प्रहरी कार्यालय । तर, रक्सीले मातेर सडकमा ताण्डव मच्चाइरहेका यी बिद्यार्थी नेतालाई रोक्नेतिर पुलिसले ध्यान दिएन् । महिला यात्रुलाई दुब्र्यबहार नगर भन्ने ती राईले सडकमा जँडयाहा बिद्यार्थी नेताको हातबाट कुटाइ खाइरहँदा पुलिस रमिते बनिरह्यो ।

यो कुर्तुतलाई हालै एभिन्यूज टेलिभिजनले दृष्यसहित प्रसारण गरेको छ । हेरौं उनीहरुको चर्तिकला ।