असल बुहारी बन्ने दश काइदा

बुहारीहरुका लागि सबैभन्दा चुनौतिको कुरा भनेकै कर्मघरमा असल कहलिनु हुन्छ । परम्परागत नेपाली समाजमा सासु बुहारीको मेल खासै पाइँदैन । कुरा काट्ने प्रवृत्ति तथा एकले अर्कोको अस्तित्व नस्विकार्ने प्रवृत्तिका कारण पनि महिलाहरुका लागि लोग्ने बाहेकका कर्मघरका सदस्यहरु उतिसारो पि्रय लाग्दैनन् । तर सुखी घरका लागि सासु-बुहारी, ससुरा-बुहारी तथा नन्द-भाउजु सबैको मिलेमतो आवश्यक हुन्छ । यसका लागि परिवारका अन्य सदस्यले जस्तै बुहारी बनेर भित्रिने महिलाले पनि केही कुरा ध्यानमा राख्नैपर्छ । यी कुराको परिपालना गर्नेहो भने कर्मघरमा बुहारीको हाइहाइ हुन्छ र सबैले असल भन्नेछन् ः



१.सकारात्मक दृष्टिकोण : सासु पुरानो जमानाकी हुने भएकाले उहाँको सोँचाइ पनि सोही अनुरुपको हुन सक्छ । त्यसैले उहाँको सोँचाइलाई पनि अन्तस्करण गरी स्वभाविक र सकारात्मक ढंगले ग्रहण गरी सोही अनुसार प्रस्तुत हुनुपर्छ ।

२.समानता : आफुलाई जन्म दिने आमा र आफ्नो सासुआमालाई एकै ठाउँमा राखेर हेर्नुहोस् । आमालाई बढि माया गर्ने र सासुलाई हेला गर्ने वा वास्ता नगर्ने भुल नगर्नुहोस् । यसो गर्नुभयो भने तपाइँको श्रीमानको मन पनि दुख्छ ।

३.संवेदनशीलता : पाको उमेर तथा अनुभवले खारिएका सासु आमाहरुले जिवनमा धेरै हन्डर ठक्कर खाएका हुन्छन् । आफुले हुर्काएको छोराको जिवनमा कोही महिला आएको छ र छोराको माया आमाबाट अर्कै महिलामा सरेको कुरा उनीहरुले सहजै स्विकारेका हुन्छन् । अझ श्रीमान गुमाइसकेका सासु आमाहरुको भर भनेकै छोरा बुहारीमा हुन्छ । यस्तो अवस्थामा सासुले बोल्ने कुराहरु तथा पोख्ने पीडा र गर्ने आग्रहप्रति संवेदनशीलता अपनाउनुपर्छ । उनको मन दुखाउने र मन भाँच्ने काम कुरा गर्नु हुँदैन ।

४. सम्मान : सासु आमालाई सम्मान गर्नुहोस्, पाको र बुद्धिमान सम्भिmनुहोस् । सासुआमासँग राम्ररी कुरा गर्ने, विगतका अनुभव सुन्ने तथा उपदेश मान्ने गर्नुहोस् ।

५. बढि महत्वाकांक्षा नराख्नुहोस्, सधै आशावादी रहनुहोस् ।

६.सासु आमाको इच्छा तथा आवश्यकताप्रति चनाखो हुनुहोस् र पूरा गर्ने तत्परता देखाउनुहोस् ।

७.सासुआमासँग सबै कुरा खुलस्त गर्नुहोस् । परिवारमा हुन लागेका नयाँ कुरा, कामका विषयमा कुरा नलुकाउनुहोस् ।

८.सासुआमाबाट सल्लाह सुझाव लिएर काम गर्ने बानी बसाल्नुहोस् ।

९.सासुआमालाई बच्चाबच्चीको स्याहार गर्ने पर्याप्त मौका दिनुहोस् ।

१०. सासुको कुनै व्यवहारले चित्त दुखेको छ भने उहाँको अगाडि कडि्कने काम नगर्नुहोस् । कारण तथा परिस्थिति बुझेर आफ्नो श्रीमानसँग खुलस्त कुरा गरेर समस्या टुंगाउनुहोस् ।