एसएलसीमा फेल भएपछी एकसाथ कालीगण्डकीमा हामफाले दुई छात्रा

३१ जेठ, पाल्पा । एसएलसीको परिक्षामा फेल भएका दुई छात्राले सँगै कालीगण्डकीमा हाम्फालेका छन् । पाल्पा रामपुरको परेवाघाटमा नदीमा हामफालेर आत्महत्याको प्रयास गरेका हुन् ।

 आत्महत्या प्रयास गर्नेमा पाल्पा गाँडकोट-१ चिहानडाँडा घर भइ हाल रामपुर बस्दै आएकी सञ्चिता बंशी तथा रामपुर ३ मटेरीकी बविता थापा रहेका छन् । उनीहरू श्री रामतुल्सी उमावि दर्छा, रामपुर पाल्पाका छात्रा हुन् ।

हामफाले लगात्तै ट्याक्टरमा ढुङ्गा लोड गर्न गएका ट्याक्टरका चालकहरूले उद्दार गरेर उनीहरूलाई बचाएका हुन् । अहिले उनीहरुको रिभर भ्याली अस्पताल रामपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।एसएलसी परीक्षामा रामतुल्सी उच्च माविमाबाट ८८ जना विद्यार्थी परीक्षामा सहभागी मध्ये १९ जना प्रथम श्रेणी, २२ जना द्वितिय श्रेणी र ३ जना तृतीय श्रेणी गरी जम्मा ४४ जना नियमिततर्फ उत्तीर्ण भएका छन्