२७ हजार डलरमा सर्जरी गराएर फर्कियो कुकुर
अमेरिकामा झण्डै ८ महिनाको उपचारपछि ‘हिरो’ को छवि बनाएको एक फिलिपिनो कुकुर स्वदेश फर्किएको छ । दुई बालिकाको ज्यान बचाउने क्रममा एक घटनामा कबांग नाम गरेको यो कुकुरको अनुहारको आधा भाग काटिएको थियो ।
![1](http://www.onlinekhabar.com/wp-content/uploads/2013/06/183.jpg)
जहाँ ८ महिनाको सफल उपचारपछि कुकुर आफ्नो देश फिलिपिन्स फर्किएको छ । कुकुरलाई अस्पताल भर्ना गरिएको समाचार आएपछि धेरै मानिसको ध्यान तानियो । उसका लागि २७ हजार डलर सहयोग समेत संकलन भएको थियो । ट्वीटर र फेसबुकबाट समेत आर्थिक संकलनका लागि अभियान चलाइएको थियो । समाचारमा जनाइएअनुसार ४५ देशबाट जुटेको आर्थिक सहयोगबाट कबांगको उपचार भएको हो । यूनिभर्सिटी अफ क्यालिफोर्नियामा कबांगको उपचार गरिएको थियो । उपचारपछि घर फर्किएको कबांगको सम्मानमा जाबोअंगा सिटीमा र्याली निकाल्ने तयारी भइरहेको छ ।