महिलालाई शारीरिक शोषण गर्ने मेनपावर सञ्चालक पक्राउ

३१ जेठ, काठमाडौं । ग्राहकलाई ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ । सप्तकोशी ह्युमन रिसोर्स कम्पनीका प्रबन्धक निर्देशक योगेन्द्रकुमार लिम्बु र कर्मचारी लोकमणि लिम्बु पक्राउ परेका हुन् ।



ओमन पुगेर शर्तअनुसार काम नपाई र्फकेकी दिपा श्रेष्ठ -नाम परिवर्तन) ले ठगिएको दाबी गर्दै बिहीबार गरेको उजुरीको आधारमा शुक्रबार उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंमा बस्ने नुवाकोटकी एक महिलाले गरेको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । थप कारबाहीका लागि हनुमान ढोका प्रहरीलाई बुझाइएको सिआइबीले जनाएको छ । ब्युटिसियन कामको लागि विदेश जाने प्रयोजनार्थ ती महिलाले उक्त मेनपावर कम्पनीलाई १ लाख ५ रुपैयाँ बुझाएकी थिइन । तर कम्पनीले क्लिनरको भिसा लगाइदिएको थियो । मेनपावरले अहिले ब्युटिसियनको भिसा मिलाउन सकिएन र ओमान पुगेपछि ब्युटिसियनकै काम लगाइदिन्छु भनेपछि आफू जान तयार भएको तर उहाँ गएर काम नपाएको उनले बताइन ।

गत फागुन ९ गते ओमान पुगेकी महिलालाई मेनपावर सञ्चालकले आप\mनो अपार्टमेन्टमा राखेका थिए । त्यतिखेर आफूमाथि शारीरिक शोषण गरेको र शर्तअनुसार काममा नलगाएको ती महिलाको आरोप छ । मेनपावर सञ्चालकले ती महिलालाई अलदाहलाज म्यानपावर कम्पनीलाई बुझाई नेपाल फर्किएका थिए ।

ओमानमा रहँदा सो मेनपावर कम्पनीका सञ्चालकले आफूलाई यौन शोषण गर्न खोजेको आरोप महिलाको छ । ‘मैले पासपोर्ट माग्दा उक्त कम्पनीका सञ्चालकले मसँग यौन सम्पर्क राख्ने प्रस्ताव गरे’, ती महिलाले भनिन् । उनले भारतीय मूलका साफरदिन मोहम्मद र कुवेतस्थित नेपाली दूतावासको सहयोगमा यही जेठ २३ गते नेपाल आएको प्रहरीलाई बताएकी छिन् । आफूले तिरेको रकम फिर्ता नपाएपछि प्रहरीकहाँ उजुरी गरेको महिलाको भनाइ छ ।