प्रचण्डपुत्रले भने- ‘मलाई स्वतन्त्रतापूर्वक बाँच्न देऊ’
चरित्रहत्या गर्ने मिडियालाई कारबाही गर्न सरकारसँग अनुरोध

२२ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डका एकमात्र छोरा प्रकाश दाहालले आफूलाई स्वतन्त्रतापूर्वक बाँच्न र राष्ट्रप्रति जिम्मेवारीपूर्वक काम गर्न दिइयोस् भन्ने माग मिडियासँग गरेका छन् । ’अब अहिले म जे छु, ठीक छु र जति गरिरहेको छु राम्रो गरिरहेको छु’ भन्दै उनले अरुको चरित्रहत्या गर्ने मिडियालाई अविलम्ब कारवाही दायरामा ल्याउन सरकारसँग अनुरोधसमेत गरेका छन् ।

दाहालले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्-’मिडिया हट न्युज बनाई अरुको चरित्रहत्या गर्ने त्यस्ता मिडियालाई गम्भीर भई कलम चलाउन अनुरोध गर्दछु । र, सरकारलाई यस्ता अरुको चरित्रहत्या गर्ने मिडियालाई अविलम्ब कारवाहीको दायरामा ल्याउन विशेष अनुरोध गर्दछु ।’
मंगलबार प्रकाशित एउटा साप्ताहिक पत्रिका र केही साइटले समेत प्रचण्डपुत्र प्रकाशलाई नायिका रेखा थापासँग जोडेर चारित्रिक विषयमा समाचार लेखेपछि दाहालले यस्तो फेसबुक स्टाटस लेखेका हुन् । दाहालको स्टाटसमा पत्रकार कृष्णज्वालाको कमेन्ट छ- ‘विज्ञप्ति हो कि पोष्ट हो ?’
यसैवीच नायिका थापाले पनि मंगलबार आफू र प्रकाशलाई जोडेर समाचार लेख्ने साप्ताहिक पत्रिकाका सम्पादकलाई महिलामाथि अन्याय नगर्न र ऐनामा आफ्नो अनुहार हेर्न फेसबुकमार्फत् आग्रह गरेकी छन् ।