चलचित्रकर्मीले मच्चाए धरानमा भाँडभैलो पप्पु बेपत्ता, कसैले होटलमा रक्सीको पैसा तिरेनन्
गोपाल दाहाल जेठ, धरान । भनिन्छ, कलाकार देशका गहना हुन् । शनिबारदेखि धरानमा तीनदिने राष्ट्रिय चलचित्र महोत्सव शुरु भएपछि धेरैले ठानेका थिए, अब कलाक्षेत्रमा धरानले राम्रो अवसर पाउने छ । तर, महोत्सव नसकिँदै कलाकारहरुले भाँडभैलो मच्चाएका छन् । आयोजक चलचित्र विकास बोर्डका अध्यक्ष नै मोबाइल स्वीच्ड अफ गरेर बेपत्ता बनेपछि अधिकांश कलाकारहरु कार्यक्रम छाडेर बीचैमा छताछुल्ल बनेका छन् । आइतबार कलाकारवीच झण्डै कुटाकुट भएको छ ।
शनिबारदेखि धरानमा सुरु भएको तीनदिने राष्ट्रिय चलचित्र महोत्सव दोस्रो दिनै सुनसान बनेको छ । कतिबेला के कार्यक्रम हुने हो भन्नेबारे आयोजकले कुनै तालिका नबनाउँदा आइतबार बिहानभर अलपत्र परेर बसेका कतिपय कलाकार, निर्माता र निर्देशकहरु आयोजकले बेवास्ता गरेको भन्दै कार्यक्रम नै बहिष्कार हिँडेका छन् । महोत्सवका लागि सुरुमा सबैलाई गाडीमा ल्याउने भनिए पनि कसैलाई प्लेनमा ल्याएको भन्दै बस चढेर राजधानीबाट धरान आएका निमार्ता, निर्देशकहरु कार्यक्रम नसकिँदै राजधानीतिर लागेका हुन् ।
बरिष्ठ चलचित्रकर्मी लक्ष्मीनाथ शर्मालगायतको सहभागितामा आइतबार चलचित्र सम्बन्धी अन्तरक्रिया आयोजना गर्ने भनिए पनि शर्मा बिहानै हिँडेपछि कार्यशालाका लागि भनेर उद्योग वाणिज्य संघको हलमा भेला भएका कलाकार अलपत्र परे । नायिका नीता ढुङ्गानाले त आफ्नो फेसबुक पेजमै रीस पोखिन् धरानमा कलाकारको बिजोग आयोजक बेपत्ता, यस्तो पनि महोत्सव रे, बेक्कारमा आइएछ ।’ भन्दै लेखेकी छिन् ।
पप्पु बेपत्ता, रेखा काठमाडौंमा
चलचित्र सम्बन्धी अन्तरक्रिया आयोजना गर्ने कार्यक्रमअनुसार आइतबार दिउँसो उद्योग वाणिज्य संघमा अन्तरक्रिया सुरु भयो । तर, बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता पप्पुको भने अत्तो पत्तो थिएन । केहीबेर अन्तरक्रियामा बोर्ड अध्यक्षको खोजी भयो । तर, खबर आयो, पप्पु त रेखासँग घुम्न भेडेटारतिर लागेका छन् । तर, रेखा थापा भने राजधानी र्फकन बिहानै बिराटनगर विमानस्थल पगिसकेकी थिइन् । आइतबार नायिका झरना र आकाश अधिकारी लगायतको टोलीचाहिँ आइतबार भेटेटारतिर लागेको थियो । श्रीकृष्ण श्रेष्ठ, कोमल वली, शिव श्रेष्ठ, रेखा थापा र स्वेता भट्टराई सँगै प्लेनबाट काठमाडौं फर्किएका हुन् । काठमाडौं आएपछि रेखा आँखाको उपचारका लागि तिलगंगा अस्पतालमा पुगिन् र श्रीकृष्णको गाडीमा लिफ्ट मागेर घर पुगिन् । उता बोर्ड अध्यक्ष पप्पुको भने दिनभरजसो फोन अफ रहेको थियो । पप्पु कहाँ गए भन्नेबारे आफू बेखबर रहेको रेखा बताउँछिन् । धरानमा पप्पुको ब्यापक खोजी भैरहेको छ ।
१५ लाख बजेट लिएर आएका बोर्डका अध्यक्ष नै बेपत्ता भएर मोजमज्जामा व्यस्त भएपछि स्थानीय आयोजक रुनु न हाँस्नु भएका छन् । आइतबारको अन्तक्रियामा अनुप सुवेदी , दीपक श्रेष्ठ सुरज सूब्बाबाहेक अन्य चलचित्रकर्मी एवं निर्माता, निर्देशकहरु देखा परेनन् । कार्यशालामा स्थानीयहरु सहभागी भए पनि बोर्डका अध्यक्ष नै देखा परेनन् । बोर्डले आफुहरुसँग समेत संयोजन नगरेको भन्दै स्थानीय व्यस्थापक अनामका सदस्यहरु असन्तुष्ट बनेका छन् ।
खाजाका नाममा झण्डै कुटाकुट
काठमाण्डौबाट कलाकार ल्याउने ठेक्का पाएका प्रकाश सुवेदीले बाटोमा भएको खाजा खर्च भन्दै दुई लाख पचास हजारको बिल पेश गरेपछि स्थानीय आयोजकका सदस्यसँग झण्डै कुटाकुट भयो । अनामका सदस्य विनोद सुब्बाले प्रकाशलाई कुट्न छोपेपछि अन्य कलाकारले छुट्याएका थिए । कलकारहरुले आफुहरुलाई धरान आउँदासमेत राम्रो व्यस्थापन नगरेको खाना खाजासमेत राम्रो व्यवस्था नगरेका भन्दै खाजामा कसरी त्यत्रो रकम खर्च हुन्छ भन्दै आक्रोश व्यक्त गरे । निर्माता, निर्देशक तथा अन्य वरिष्ठ कलाकारको अनुपस्थितिमा भएको कार्यशाला तथा अन्तक्रिया प्रभावकारी नभएको सहभागीहरुको आरोप छ ।
बोर्ड पैसाले जाँड पार्टी
हिजो महोत्सवको उद्घाटन कार्यक्रम सकिएपछि आयोजकले धरान रिक्रियसन सेन्टरमा कलाकारहरुलाई खानाको व्यवस्था गरेका थिए । तर, अधिकांश कलाकार र आफै रक्सी पार्टीमा रमाउन व्यस्त थिए । भुवन केसी, शिव श्रेष्ठलगायतका कलाकारसहित बोर्डका केही पदाधिकारी शनिबार राति १ बजेसम्म धरानको पञ्चकन्या रिसोर्टमा मातेर नाच्दै थिए । यता प्राविधिकहरुको टोली बसेको खुस्बु होटलमा पनि प्राविधिक संघका पदाधिकारी तथा सदस्यहरु १२ बजेसम्म रक्सीले रन्थनिँदै बसे । तर, बिहान काठमाण्डौ फर्किने बेलामा उनीहरु र होटलवालाको झोलासमेत तानातान भयो । आयोजकले होटलमा बस्ने मात्र व्यवस्था गरेको थियो, खाने व्यवस्थाचाहिँ रिक्रियसन सेन्टरमा थियो । तर, प्राविधिकहरुले आफुखुसी रक्सी खाएपछि होटलवालाले रक्सीको पैसा माग्दा उनीहरु पैसा नदिई हिँडेका छन् । अधिकांश कलाकार मापसेमा व्यस्त रहेका बेला रेखा थापा भने शनिबार राति १० बजेसम्म स्थानीय पत्रकारसँग भेटघाट गरिरहेकी थिइन् ।
स्थानीयलाई बेवास्ता
स्थानीय चलचित्रकर्मीहरु कलाकारको वेवास्ता भएको भन्दै रिसाएका छन् । स्थानीय कलाकार सूवर्ण पलिखे भन्छन् ‘हामी स्थानीयलाई कुनै महत्व दिइएन, महोत्सव पैसा सक्ने मेलो मात्र भए जस्तो लाग्यो ।’ हिजो सम्मान कार्यक्रममा अधिकांश स्थानीय कलाकार सहभागी भएनन् । स्थानीय आयोजक अनामका अध्यक्ष विनोद श्रेष्ठ तँखाछे भने आफुहरुले सकेसम्म राम्रो व्यवस्थापन गर्ने प्रयास गरेको तर बोर्डको धेरै कुरा आफुहरुले पनि पत्तो नपाउँदा समस्या भएको बताउँछन् ।