नेपाली लेखकले मुद्दा हालेपछि बलिउड चलचित्र ‘घनचक्कर’ अप्ठ्यारोमा
जुन २८ अर्थात आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको बलिउड चलचित्र ‘घनचक्कर’को निर्माण युनिट अप्ठ्यारोमा परेको छ । चलचित्रलाई अप्ठ्यारोमा पार्ने काम नेपाली लेखकले गरेका हुन् ।
चलचित्रको कथा चोरिएको आरोप लगाउँदै धिरेन्द्र कुमार नामका नेपालीले उजुरी गरेपछि विद्या बालान र इमरान हास्मी अभिनित चलचित्रको प्रदर्शन मिति समेत अप्ठ्यारोमा परेको भारतिय संचारमाध्यहरुले जनाएका छन् । चलचित्र लेखक समाजमा कुमारले आफूले लेखेको कथावस्तुसँग ‘घनचक्कर’ मिलेको भन्दै उजुरी दिएका छन् । उजुरी पश्चात यो चलचित्रको प्रदर्शन मिति समेत अन्यौलमा परेको छ ।
धिरेन्द्रले आफूले सन् २०१० मै यस्तै बिषयमा आधारित कथा दर्ता गरेको जनाएका छन् । चलचित्रको निर्माण कम्पनी यूटीभीले भने धिरेन्द्रको उजुरी पूर्ण रुपमा गलत भएको जनाएको छ ।