कलेजको विज्ञापनमा राष्ट्रपति र उपराष्ट्रपति पनि
७ असार, काठमाण्डौं । नेपाल सरकारले उच्च माध्यमिक तहको शिक्षालाई व्यवस्थित र मर्यादित बनाउन जारी गरेको निर्देशन उपत्यकाका दर्जनौं कलेजले अवज्ञा गरेका छन् । सरकारलाई ठाडै चुनौती दिई ती कलेजहरूले राष्ट्रप्रमुखलाई समेत आङ्खनो मागिखाने भाँडो बनाएका हुन् । सरकारी निर्देशन अवज्ञा गर्दै कलेजहरूले एकातर्फ सार्वजनिक स्थानमा होर्डिङ बोर्ड राखेका छन् भने अर्कोतर्फ राष्ट्रपति र उपराष्ट्रपतिलाई नै विज्ञापनमा प्रयोग गरेका छन् ।
तर, नियमन निकाय उच्च माध्यमिक शिक्षा परिषद्ले भने सरकारी निर्देशन अवज्ञा गर्ने उपत्यकाका दर्जनौं कलेजलाई अहिलेसम्म कुनै कारबाही गरेको छैन । नयाँ बानेश्वरमा रहेको केएन्डके कलेजले राष्ट्रपति डा.रामवरण यादव र उपराष्ट्रपति परमानन्द झालाई विज्ञापनमा प्रयोग गरेको छ । राष्ट्रपति यादव र उपराष्ट्रपति झालाई विभिन्न पत्रिका र टेलिभिजनमा विद्यार्थीलाई पुरस्कार दिएको समारोहको तस्बिर राखिएको छ । २०६८ सालमा निरूपमा घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट ब्याचलर अफ सोसल वर्कमा सर्वोत्कृष्ट भएको उल्लेख गरिएको छ ।
नेपाल सरकार मन्त्रीस्तरीय निर्णयबाट २८ असोज २०६९ मा भएको निर्णयबाट उच्च माध्यमिक तहका लागि आचारसंहिता जारी गर्ने निर्णय गरेको थियो । सो निर्देशिकामा कुनै पनि विद्यालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेपाल सरकारका सचिव, उच्चपदस्थ व्यक्तिहरू, भूतपूर्व राजदूत तथा भूतपूर्व उच्चपदस्थ व्यक्तिको नाम वा फोटो राखेर विज्ञापन गर्न/गराउन नपाउने व्यवस्था छ । तर, केएन्डके कलेजले सो निर्देशनलाई ठाडै उल्लंघन गरेको छ ।
सरकारी निर्देशनको अवज्ञा गर्दै विज्ञापनमा उच्च व्यक्तिहरूको नाम दुरुपयोग गरेमा पहिलो पटक ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने र चेतावनी दिने निर्देशिकामा उल्लेख छ । उच्च माध्यमिक शिक्षा परिषद्का सहसचिव नारायण कोइरालाले सरकारी निर्देशिका अवज्ञा गर्ने उच्च माविहरूलाई कारबाही गर्ने बताए ।
निर्देशिकाविपरीत विज्ञापन गर्ने र सार्वजनिक स्थानमा विज्ञापन गर्ने कलेजको तत्काल अनुगमन प्रक्रिया अगाडि बढाउँछौं,’ अनुगमन समितिका संयोजकसमेत रहेका कोइरालाले भनेको राजधानी दैनिकमा खबर छ । उपत्यकाको वसुन्धरामा रहेको तक्षशिला कलेजले महाराजगन्ज चोकमा होर्डिङ बोर्ड राखेर विज्ञापन गरेको छ । सो विज्ञापनमा पूर्वराजदूत डा.जयराज आचार्यको तस्बिर राखेको छ । कलेजले सार्वजनिक स्थानमा भर्ना खुलाको ब्यानर टाँस गरेको छ । वसुन्धराकै अन्य केही कलेजले पनि बिजुलीका पोलमा भर्ना खुलाको ब्यानर टाँस गरेका छन् ।
बानेश्वरकै लिभरपुल कलेजले पनि यही शैलीमा निर्देशन अवज्ञा गरी विज्ञापन गरेका छन् । ललितपुरको माइलस्टोन कलेजले त काठमाडौंको तीनकुनेमा लगेर होर्डिङ बोर्ड राखेको छ । दिनदिनै कार्यालय आवतजावत गर्ने बाटोमा कलेजको होर्डिङ बोर्ड देख्दा पनि परिषद्का अधिकारी मौन छन् । ‘यसरी सार्वजनिक स्थानमा कुनै पनि कलेजले विज्ञापनको सूचना राख्न पाउँदैनन् । उच्च माध्यमिक शिक्षा परिषद् काठमाडौंका प्रमुख जंगबहादुर अर्यालले राजधानीसँग भने, ‘जुन कलेजले नियम मानेका छैनन्, त्यस्ता कलेजमाथि कारबाही प्रक्रिया अगाडि बढ्नेछ ।’
उच्च माध्यमिक विद्यालय संघ (हिसान) का उपाध्यक्ष रमेश सिलवालले अधिकांश कलेजले आचारसंहिता कार्यान्वयन गरेको बताए । आचारसंहिता लागू भएको पहिलो वर्षमा नै सबै कलेजले लागू गर्न नसक्ने भएकाले त्यस्ता कलेजलाई पहिलो पटक सजग बनाउनुपर्ने उनको भनाइ छ । अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले सरकारी निर्देशन अवज्ञा गर्ने शैक्षिक संस्थामाथि नियमअनुसार हदैसम्मको कारबाही हुनुपर्ने बताए ।source:onlinekhabar