सुक्क सुक्क गर्दै रोए नायक राजेश हमाल

निकै बोल्ड व्यक्तित्व भएका महानायक राजेश हमाल चलचित्रमा कमै रोएका होलान्। सधै 'एंग्रिम्यान'को भुमिका देखिने राजेश शनिवार भने 'रिल'मा होइ्न 'रियल'मै सुक्क सुक्क गर्दे रोएको देखियो।



नायका हमालको आफ्ना मामा बसन्तजंग रायमाझीको सम्मान कार्यक्रममा रोएका हुन। शनिवार चलचित्र नृत्य निर्देशक संघले राजेश हमालका मामा बसन्तजंग रायमाझीको सम्मान गरेको थियो । रायमाझी नेपाली चलचित्र जगतमा चर्चित नृत्य निर्देशक हुन्।

हमालले आफ्नै हातबाट मामा रायमाझीलाई सम्मान गरेका थिए। नायीका करिश्मा मानन्ध समेत उपस्थित कार्यक्रममा महानायक हमाले आफू चलचित्र क्षेत्रमा आउनु र सफल हुनुको सम्पुर्ण श्रेय मामालाई नै दिएका थए। आफ्ना मामा बसन्तजंग रायमाझीको चलचित्र क्षेत्रमा ठुलो योगदान दिएको र आफूले बरु केही गर्न नसकेको हमालले बताएका थिए। हमालले आफूलाई नाच्न पनि मामाले सिकाएको बताएका थिए।

उनि मामाको विषयमा कुरा गर्दै गर्दा निकै भावुक हँदै रोएका थिए।

महानायक राजेश हमाललाइ उनको पहिलो चलचित्र 'युग देखि युगसम्म'मा उनै मामाले नचाएका थिए। त्यसयता उनि राजेशका थुप्रै चलचित्रमा बसन्तजंग रायमाझीले नृत्य निर्देशन गरेका छन्।

५८ वर्ष नेपाली चलचित्रमा नृत्य निर्देशकको रुपमा काम गरेका बसन्तजंग रायमाझीको प्रशंसा कार्यक्रममा उपस्थिति नायीका करिश्मा मानन्धरले पनि गरेकी थिइन्।