२६ सय बेलुन, जसले साकार बनायो सपनाको घर ! (फोटो फिचरसहित)

यदि तपाईसँग २६ सय बेलुन छ र फुर्सदिलो हुनुहुन्छ भने के गर्नुहुन्छ । २/४ बटा फुकेर उडाउनु हुन्छ, घरमा बालबच्चा भए उनीहरूलार्इ खेल्न दिनुहुन्छ यस्तै यस्तै हुनेछ धेरैको जवाफ । एक चर्चित बेलुन कलाकार जेरमी टेलफोर्डको सहज जवfफ छ-फिल्म ‘द होब्बिट’मा देखाइएको बेगिन्स परिवारको घर जस्तै बनाउँछु ।’ उनले यो घर बनाउन ४० घण्टा खर्चिएका छन् । उनले भनेका छन्-’म द होब्बिटबाट केही बनाउन चाहन्थे । म र श्रीमती बसेर कोठामा रहेका फर्निचर बाहिर लैजाने र त्यहाँ के बनाउने भन्ने योजना बनायौं ।’ उनीहरुले चलचित्र हेर्दै कोठालाई बेलुनले सजाउन थाले । त्यही क्रममा उनले हरेक १८ सेकेण्डमा तस्वीर खिच्ने गरी क्यामरा समेत सेट गरेका थिए ।