सित्तैको तरकारीले एथेन्समा लडाईं (फोटो फिचरसहित)

सित्तैमा पाएको तरकारी लिनको लागि ग्रिसको राजधानी एथेन्स सहरको सडकमा हालै सयौँ स्थानीय मानिसहरु लडाइँमा उत्रिए । सित्तैको तरकारीले मान्छेलाई मुठभेडमै उता¥यो, सडकमै मानिसहरुबीच कुटाकुट भयो, केही घाइते पनि भए ।
आर्थिक संकटले थिलथिलो भएको ग्रिसमा जनताको दयनीय अवस्थाको एक झल्को थियो त्यो । वास्तवमा सरकारी खर्च कटौतीको विरोधमा किसानहरुले आन्दोलन स्वरुप ५० टन तरकारी सित्तैमा बाँडेका थिए । ट्रकमा राखेर तरकारी सित्तैमा बाँडिएकोमा सित्तैको तरकारी लिन गरिबीले गाँजेका एथेन्स बासीको ठूलै भिड लाग्यो । सित्तैमा पाएको दिन अलि धेरै तरकारी घर लैजान पाए छाक टथ्र्यो भन्ने मन सबैमा जाग्यो जसका कारण मानिसहरुबीच रस्साकस्सी र हात हालाहाल भयो । अर्को रोचक कुरा त के भने आन्दोलनकारी किसानले कृषि मन्त्रालयको अगाडि पिसाब फ्याँकेर पनि विरोध जनाए । स्मरण रहोस् ग्रिस पछिल्ले ६ वर्षदेखि आर्थिक संकटबाट गुज्रिरहेको छ । ग्रिसको ऋण निकै बढि छ । भने जनताको जिवनस्तर खस्किँदै गएको छ । देशको ऋणभार कम गर्न सरकारी खर्च कटौती गरी कर्मचारीको तलब, कामदारको ज्याला तथा पेनसन लगायतका रकम कटौती गरेपछि मानिसहरुको दैनिकी झनै कष्टकर बनेको छ ।
सरकारले कृषिमा समेत कर बढाउने निर्णय गरेपछि किसानहरु आन्दोलित भएका छन् । उनीहरुले पेटोलियम पदार्थको मुल्य घटाउन, तथा कृषिजन्य वस्तुमा कर घटाउन माग गरेका छन् ।