श्रीमतीले लखेटेपछि वर्षौदेखी होटेलको बास

८ जेठ, एजेन्सी । पत्नीले लखेपछी वर्षौदेखी एक होटेलमा बस्दै आएका एक पतिलाई अदातलले उसको घरको एक कोठामा बस्न दिन आदेश दिएको छ । आफ्नै पत्नीले उनका परिवारसँग मिलेर आफूलाई लखेटेको भन्दै अदातलमा दिएको उजुरीमा अदालतले उक्त फैसला गरेको हो ।



भारतको बान्द्रामा रहेको घरमा पतिलाई बस्नका लागी एउटा कोठा दिन आदेश दिनुका साथै एक हप्ताभित्र उक्त कोठाको एक चावी समेत दिन आदेश दिएको छ । अदालतले पति पत्नी दुवैलाई एक-अर्काको जीवनमा कुनै हस्तक्षेप नगर्न र सम्पतिमाथी पनि हस्तक्षेप नगर्न आदेश दिएको छ ।

अदालतमा पतिले दिएको बयान अनुसार उसलाई सन् २००७ देखी उक्त घरबाट पत्नीले आफ्ना आफन्तको सहयोगमा निकालेको र आफू त्यसबेला देखी नै होटेलमा बस्दै आऐको बताएका छन् । उनले आफू घरमा छिर्न खोज्दा पत्नीले आफूमाथी नै हमला गर्ने गरेको बताएकी छन् ।