राजधानीमा घरभित्रै पस्यो पहिरो एकको मृत्य, दुई घाइते (फोटो फिचरसहित)

१७ जेठ काठमाडौं । भीरको साटो घरैघर भएको राजधानीमा पहिरोमा परेर मानिसको मुत्यु भएको सुन्दा अनौठो लाग्न सक्छ । तर, काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल नजिकै माटोको ढिस्को भत्केर घरभित्रै पस्दा शुक्रबार बिहान एक डेरावालको मृत्यु भएको छ भने दुईजनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।



महाराजगञ्जस्थित शिक्षण अस्पतालको पछाडि रहेको अग्लो भागमा रहेको माटोको ढिस्को भत्किएर अम्बिका सारुमगरको घरभित्र पस्दा डेरागरी बस्ने सप्तरीका १६ वर्षीय रामभगत रामको पुरिएर मृत्यु भएको हो । ढिस्को भत्केर घरभित्र पस्दा घाइते बनेका दुईजनालाई अस्पताल भर्ना गरिएको महराजगञ्जस्थित प्रहरीवृत्तका प्रमुख जीवन श्रेष्ठले जानकारी दिनुभयो ।



आफ्नो घरछेउ रहेको माटोको ढिस्को छिमेकीले उचित व्यवस्थापन नगरेका कारण भत्किएर घरभित्र पसेको घरबेटी अम्बिका सारुमगरले गुनासो गर्नुभयो । राजधानीमा बढ्दो शहरीकरणसागै महानगरपालिकाको मापदण्डअनुसार घरहरु निर्माण नहुादा बेलाबखत यस्ता दुर्घटनाहरु हुने गरेका छन् । गतवर्षको वर्षायाममा पनि कीर्तिपुर नजिकैको तीनथानामा एउटा पक्की घर राति नै पहिरोमा परी ५० मिटर तलसम्म बगेको थियो । तर, सो घर नभत्किएका कारण मानवीय क्षती भने भएको थिएन ।