प्रचण्डलाई थप्पड हान्ने पदम अझै मुद्दा खेप्दै

१७ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड थप्पड हानेर चर्चामा आएका पदम कुँवरले आफूले अझै मुद्दा खेपिरहेकेा बताएका छन् । प्रचण्डले सार्वजनिक रुपमा माफी दिएको भनेपनि आफूले १५ दिनको फरकमा जिल्ला प्रशासन काठमाडौंमा तारिक बोकिरहेको उनको भनाई छ ।



जनयुद्ध लडेकाहरुलाई सडकमा छोडेर प्रचण्ड छाटे राजा बन्दै महलमा गएको भन्दै पदमले भने-’जनयुद्धका सहिद, घाइते, वेपत्तामाथि घात भयो त्यसो नगर्नुस् मात्र भनेको हुँ ।’ जनयुद्धका नेतृत्वकर्ता वर्गको राजनीति छोडेर छोटे राजा बन्दै अर्बपति बन्ने योजनामा लागेका उनको आरोप छ ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा कुँवरले अफूले घटनालाई टुङ्ग्याएर सामान्य जीवन बिताउन चाहेपनि त्यो बातावरण नभएको पदमको गुनासो थियो ।

आफूलाई प्रचण्डले दुख दिनै चाहेको हो भने आफू पनि तयार रहेको समेत यनले बताए । आफूसँग अझै तातो र रातो रगत बाँकी रहेको नजिस्काउन चेतावनी दिदै कुँवरले भने-’मलाई कायर नसम्भिmनुस्, प्रचण्ड कमरेड मैले जनयुद्धमा धेरै कुरा गुमाइसकेको छु । तर, तपाईको धेरै कुरा बाँकी छ ।’