नेपालले बहराइनलाई एक सय ९६ रनले हरायो, अविनाशको ८ विकेटसहित ह्याट्रिक (हेर्नुहोस स्कोर कार्ड यसरि छ)
एसीसी अन्डर नाइन्टीन एलिट कप क्रिकेट

मलेसिया, वैशाख २३ । मलेसियामा जारी एसीसी अन्डर नाइन्टीन एलिट कप क्रिकेटको तेस्रो खेलमा नेपालले अविश्मरणीय प्रदर्शन गरेको छ । बहराईन विरुद्ध हावी हुने क्रममा नेपाल एक सय ९६ रनले विजयी भएको छ । २ सय ६० रनको चुनौती पछ्याउने क्रममा कमजोर खेलेको बहराइन २१ ओभर खेल्दा ६३ रनमा समेटियो । अविश्मरणीय प्रदर्शन गर्ने क्रममा अविनाश कर्णले ८ विकेटसहित ह्याट्रिक गरेका छन् । कर्णले २४ रन खर्चेर ८ विकेट लिएका हुन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २ सय ५९ रन बनाएको थियो । भुवन कार्कीले सर्वाधिक ८३ रन बनाए भने बीडी थापाले ४४ रन जोडे । यसअघि भएका दुवै खेलमा जित हासिल गरेको चार पटकको च्याम्पियन नेपाल पाँचौं उपाधिको बाटोमा अगाडि बढिरहेको छ । नेपालले पहिलो खेलमा कुवेतलाई ८४ रनले तथा दोस्रो खेलमा कतारलाई ९ विकेटले हराएको थियो । आजको खेलमा जित हात पारेसंगै नेपालले सेमिफाइनलमा ठाउँ बनाएको छ । imagechannel

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं