पेट्रोलको ठाउँमा, भारतका एक छात्रले हावाबाट चल्ने बाईकको ईञ्जिन आबिश्कार गरे (भिडियो सहित)

भारतका एक छात्रले हावाबाट चल्ने बाईकको ईञ्जिनको सफल परिक्षण गरेका छन । भारतको उत्तर प्रदेश स्थित बागपत जिल्ला निवासी मोहितले ४ पटकको असफलता पछि पाँचौ पटकमा सफलता पुर्वक हावाबाट बाईकको ईञ्जिन चलाएर देखाएका हुन । मेकानिक अटोमोबाईल टे«ड बिषयका छात्र समेत रहेका उनले यामाहा बाईकको स्ट्रोक ईञ्जिनलाई हावाबाट चलाएर देखाएर सबलाई आश्चर्यचकित पारिदिएका छन ।



मोहितका अनुसार उनले २ बर्ष पहिले कलेज जाँदै गर्दा एक ट्रकको प्रेशर ब्रेकबाट ओभर हुँदा आवाज निक्लिएको सुनेका थिए । त्यसपछि उनले त्यहि प्रेशरको सिद्धान्तबाट हावाबाट चल्ने ईञ्जिनको परिकल्पना गरे । आफ्नो परिकल्पनालाई सार्थक पार्न उनले अनुसन्धानका लागी कवाडीबाट ४ हजार भारुमा एक यामाहा बाईकको टु–स्ट्रोक ईञ्जिन किने ।

ईञ्जिन किनेर ल्याएर उनी कम्मर कसेर अनुसन्धानमा जुटे । हावाबाट चल्ने ईञ्जिनको परिक्षणमा उनि ४ पटक सम्म असफल भएका थिए । तर पाँचौ पटकको परिक्षण सफल भयो । मोहितले आँफुले ईञ्जिनमा केहि परिवर्तन गरेर प्लगको ठाँउमा भल्व लगाईदिएको बताएका छन । परिक्षणमा हावालाई कम्पेशरको माध्यमबाट एक सिलिन्डरमा हाई प्रेशरमा जम्मा गरिएको थियो । त्यसरी हाई प्रेशरमा रहेको हावालाई पाईपको माध्यमबाट ईञ्जिनमा पु¥याउँदा ईञ्जिन चल्न थालेको बताईएको छ ।

मोहितले आँफुले बनाएको ईञ्जिनको क्षमता पेट्रोलबाट चल्ने ईञ्जिन सरह नै रहेको बताएका छन । अनुसन्धानमा उनले कलेजका प्रध्यापकहरुबाट पनि सल्लाह लिएका थिए । अहिले मोहितले गरेको चमत्कार देखेर सब दङ्ग परेका छन ।

मोहितले यो अनुसन्धानमा जम्मा १८ हजार भारुको खर्च लागेका बताएका छन । पकेट मनि बाट बचाएर आँफुले सो रकम जुटाएको उनको भनाई छ ।