एक अफगानिस्तानी महिलाको आफ्नै श्रीमानले नाक भाचिँदिएपछी….(फोटोसहित)

एजेन्सी । आफ्नै श्रीमानले नाक भाचिदिएपछी निकै समस्या परेकी एक अफगानिस्तानी महिलाको चिकित्सामार्फत नाकलाई पहिलेकै अवस्थामा ल्याउने काम तीन वर्षपछी सफल भएको छ ।



अफगानी महिला आयेसा मोहम्मदाजाईको उनकै श्रीमानले तीन वर्षअघि नाक भाँचिदिएका थिए । निकै दु:ख दिने र पिट्ने गरेका कारण श्रीमानको घरबाट भाग्ने सुर गरेकी उनको योजना थाहा पाएपछी उनका श्रीमानले उनको नाक नै भाँचिदिएका हुन् ।



आयेसाको उपचार अमेरिकामा गरिएको थियो । करिब तीण वर्षपछी उनको नाक पुरानो अवस्थामा ल्याइएपनि पूर्ण रूपमा पहिलोको जस्तै भने भएको छैण् तर नाक नै नभएको अनुहारमा नाक देखिँदा केहि राम्रो भने देखिएको छ । उनको नाक केही ठूलो देखिएपनि उनलाई आफ्नो अनुहार ऐनामा हेर्न भने अहिले सहज भएको बताउँछिन् आयेसा ।

नाक भाँचिएपछी त्यो कुरूप रूप ऐनामा हेर्दा पनि आफैलाई डर लाग्ने गरेको तर अहिले ऐनामा आफूलाई हेर्दा केही राम्रो देखेको खुसी हुँदै बताएकी छिन् । उनी आफूले नयाँ नाक पाएकोमसा निकै खुसी देखिन्छन् ।