साईवर अपराधीहरुले विश्वभरीका एटीएमहरुबाट ४ करोड ५० लाख डलर चोरी गरेको खुलासा

बैशाख २७ । साईवर अपराधीहरुले विश्वभरीका अटोमेटिक टेलर मेसिन अर्थात एटीएमहरुबाट ४ करोड ५० लाख डलर चोरी गरेको अमेरिकी अधिकारीहरुले खुलासा गरेका छन् । साईवर अपराध गरी एटीएमबाट रकम चोरी गरेको अभियोगमा न्युयोर्कमा मात्रै सात जनालाई पक्राउ गरी छानविन भईरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
साईवर अपराधीहरुले विश्वभरीका एटीएमहरुबाट रकम चोरेको बताईएको छ । साईवर चोरहरुको जालो विश्वका २६ देशमा फैलिएको बताईएको छ । साईवर अपराध मार्फत एटीएमबाट रकम चोर्नेहरु विरुद्ध कानूनी कारबाही भईरहेकोजनाईएको छ ।


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं