बलात्कारीले उल्टै पैसा मागेपछी बालिकाको परिवारको विचल्ली!!
१२ जेठ, सप्तरी । बलात्कारमा परेकी सप्तरीकी एक नाबालिकाको परिवारलाई न्यायको साटो उल्टै पैसा मागिएपछी बालिकाको परिवारको विचल्ली भएको छ ।
गाऊँका स्थानीय, प्रहरी र बलात्कारी सबै मिलेर उनीहरुसँग उल्टो पैसा माग्न थालेपछी बालिकाको परिवार नै विस्थापित हुने अवस्थामा पुगेको छ ।
आफ्नी छोरीलाई बलात्कार गर्ने १२ वर्षिय बालकलाई दुई झापड हानेपछि उल्टै क्षतिपूर्ती मागिएको हो । बालिकाको परिवारसँग क्षतिपूर्ती वापत उल्टै तीन हजार रुपैँया तिर्न दवाव दिएपछी बालिकाको परिवार झन् समस्यामा परेको छ ।
जिल्लाको बकधुवा गाविस ९ की सात बर्षीया बालिकालाई सोही ठाउँका १२ बर्षीय बालकले घरमा कोहि नभएको बेलामा बैशाख ३० को दिउँसो बलात्कार गरेका थिए । बलात्कार गर्नेलाई कारबाही गराउनु र क्षतिपूर्ति गर्नुको बदला उल्टै पीडित परिवारलाई नै क्षतिपूर्ती गर्न दवाव दिइनु अन्याय भएको स्थानीय महिला जागरण मंचकी अध्यक्ष कुसुम आचार्यले बताइन् ।