शिक्षकहरुबाट कक्षाकोठामै छात्रामाथि यसरी 'यौन दुर्व्यवहार'' हुन थालेपछि....
बाँके जिल्लाको महादेवपुरी गाविसका किशोरीहरु शिक्षकहरुबाट कक्षाकोठामै यौन दुव्र्यहार सहन बाध्य भएका छन् । शिक्षकले दिएको गृहकार्य नगरेको वा सोधेको पैश्नको उत्तरदिन नसकेको निहुँमा उनीहरुमाथि शिक्षकले यौन दुव्र्यहार गर्ने गरेका हुन् ।
शिक्षकबाट पीडित महादेवपुरी गाविस-५ ढकेरीकी कक्षा-८ की १७ वर्षीया एक छात्राले शिक्षा हाँसिल गर्न विद्यालय पुगेका कक्षा ६ देखि १० सम्मका किशोरी विद्यार्थीहरु सबैभन्दा बढी यौन दुव्र्यहारमा पर्ने गरेका छन् ।
शिक्षकले माया गरेको जस्तो गरेर शरीर सुम्सुम्याउने , अश्लील शब्दहरु प्रयोग गर्ने, भित्री कपडाहरु तान्न खोज्ने प्रवृतिले कतिपय बीचमै पढाइ छाड्ने गरेको पिडीत छात्राहरुले बताएका छतन् । आफूलाई शिक्षा दिने शिक्षकबाट नै किशोरी छात्राहरु यसरीयौन दुव्र्यहारको सिकार हुने र महिनावारीको समयमा पनि पढाइ नै छाड्नुपर्ने अवस्था आउदा उनीहरु चिन्तित बनेका छन् ।
महिनावारी हुदाँको समयमा विद्यालयमा आफुहरुले अनेकौं समस्या र असहज स्थिति भोग्न बाध्य हुने गरेको किशोरी विद्यार्थीहरु बताउँछन् । किशोरीहरुको क्षेत्रमा काम गर्दै आएको सिविनले पनि एक सर्वेक्षण गरेर किशोरीहरु शिक्षकबाटै दुव्र्यहारको सिकार भएको तथ्याङक् सार्वजानिक गरेको छ । संस्थाका रमा अर्यालका अनुसार यौन शिक्षाको अभावमा कतिपय किशोरीलाई आफूमाथि हुने गरेको व्यवहार यौन दुव्र्यहार हो भन्ने नै ज्ञान नरहेको पनि पाइएको छ ।यसरि सोसन गर्छन हेर्नुहोस पुरा भिडियो''